सुपर ओभरमा अमेरिकालाई हराउँदै टी २० सिरिजको उपाधि एक खेल अगावै नेपाललाई

काठमाडौं। अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी २० क्रिकेट सिरिजको उपाधि एक खेलअगावै जितेको छ। ग्रान्ड प्रेरिमा आईतबार भएको रोमाञ्चक खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो। सुपर ओभरमा ३ रनको लक्ष्य नेपालले तेस्रो बलमा पूरा गर्दै सिरिज २-० को अग्रताले जितेको हो। सोमपाल कामीले २ विकेट लिइँदै अमेरिकालाई २ रनमा सिमित गरे। उनले […]

Oct 20, 2024 - 05:07
 0
सुपर ओभरमा अमेरिकालाई हराउँदै टी २० सिरिजको उपाधि एक खेल अगावै नेपाललाई

काठमाडौं। अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी २० क्रिकेट सिरिजको उपाधि एक खेलअगावै जितेको छ।

ग्रान्ड प्रेरिमा आईतबार भएको रोमाञ्चक खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो।

सुपर ओभरमा ३ रनको लक्ष्य नेपालले तेस्रो बलमा पूरा गर्दै सिरिज २-० को अग्रताले जितेको हो।

सोमपाल कामीले २ विकेट लिइँदै अमेरिकालाई २ रनमा सिमित गरे। उनले शायान जाहांगीर र आरोन जोन्सलाई आउट गरे।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई जितका लागि अन्तिम बलमा जितको लागि २ रनको आवश्यकता हुँदा जसदीप सिंह रन आउट हुँदा खेल टाई भएको थियो।

शुक्रबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो। अब नेपाल र अमेरिकाबीच ३ टी २० खेलको सिरिजको अन्तिम खेल सोमबार हुनेछ।

नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य, कुशलको ९२ रन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register