वोल्भ्समाथि म्यानचेस्टर सिटीको नाटकीय जित

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नाटकीय गोल गर्दे वोल्भ्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । सिटीको जितमा खेलको ९५औं मिनेटमा जोन स्टोन्सले निर्णायक गोल गरे  । यस अघि १-० गोलले पछि परेको सिटीलाई ३३औं मिनेटमा जोसको ग्भार्डिओलले बराबरी गोल […]

Oct 20, 2024 - 16:49
 0
वोल्भ्समाथि म्यानचेस्टर सिटीको नाटकीय जित

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नाटकीय गोल गर्दे वोल्भ्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

सिटीको जितमा खेलको ९५औं मिनेटमा जोन स्टोन्सले निर्णायक गोल गरे  । यस अघि १-० गोलले पछि परेको सिटीलाई ३३औं मिनेटमा जोसको ग्भार्डिओलले बराबरी गोल गरे भने वोल्भ्सका लागि जोर्गेन स्ट्रान्ड लार्सेनले एक गोल गरे ।

यो जितसँगै  म्यानचेस्टर सिटीको ८ खेलमा २० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

वोल्भ्सको भने यो यस सिजनमा ८ खेलमा सातौं हार हो ।  एक अंक रहेको वोल्भ्स अंक तालिकामा पुछारमा   छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register