हनुमान ढोका दरबार क्षेत्रमा बृहत् सांस्कृतिक प्रदर्शनी, हजार कलाकारको बेजोड प्रस्तुति

काठमाडौं । काठमाडौं दरबार क्षेत्र पर्यटन प्रवर्द्धन संघले यस वर्षको विश्व पर्यटन दिवसको अवसरमा शनिवार हनुमान ढोका दरबार क्षेत्रमा हस्तकला प्रदर्शनी तथा बृहत् सांस्कृतिक प्रदर्शनीको आयोजना गरेको छ। सो प्रदर्शनीमा हजार कलाकारको उपस्थिति रहेको थियो। आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रदर्शनी आयोजना गरिएको हो। यसअघि असोज ११ गते शनिवार तय गरिएको सो […]

Oct 20, 2024 - 06:00
 0
हनुमान ढोका दरबार क्षेत्रमा बृहत् सांस्कृतिक प्रदर्शनी, हजार कलाकारको बेजोड प्रस्तुति

काठमाडौं ।

काठमाडौं दरबार क्षेत्र पर्यटन प्रवर्द्धन संघले यस वर्षको विश्व पर्यटन दिवसको अवसरमा शनिवार हनुमान ढोका दरबार क्षेत्रमा हस्तकला प्रदर्शनी तथा बृहत् सांस्कृतिक प्रदर्शनीको आयोजना गरेको छ। सो प्रदर्शनीमा हजार कलाकारको उपस्थिति रहेको थियो।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रदर्शनी आयोजना गरिएको हो। यसअघि असोज ११ गते शनिवार तय गरिएको सो कार्यक्रम अविरल वर्षाका कारण स्थगित भएको थियो। संघले दरबार क्षेत्रको संवद्र्धन व्यवस्थापन र सांस्कृतिक जीर्णोद्धार तथा संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई अझ तीव्र गतिमा उत्थान गर्नसमेत टेवा पुग्ने हेतुले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । सो कार्यक्रमले स्थानीय तथा व्यवसायीलाई फाइदा पु¥याउने विश्वास पनि संघले लिएको अध्यक्ष दिनेश सुवालले बताउनुभयो ।

सो कार्यक्रममा नेपालको हस्तकलाजन्य उत्पादनको प्रदर्शन तथा बिक्रीसँगै विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रममा इतिहासमै पहिलोपटक २५ वटा बाजा समूहलाई एकै स्थलमा उभ्याई १ हजारभन्दा बढी कलाकारहरूले एकै साथ मौलिक धिमेबाजा तथा नेवाः नाच प्रदर्शन, सांस्कृतिक तथा ऐतिहामसिक भेलु, प्याँखँ, घिन्ताघिसी नाच, नेपाली सेना शार्दूलजंग गुल्म धिमेबाजा, नेपाल प्रहरी ब्यान्ड, स्थानीय खलःसँगै कुटुम्ब ब्यान्डको सामूहिक अकोस्ट्रा, जीवन्त नेवाः कलाकारिता प्रदर्शन, नेवारी खाद्य स्टल, रक्तदान कार्यक्रम तथा स्वदेशी उत्पादनका हस्तकलाहरूको प्रदर्शन गरिएको थियो।

सो समारोहमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका साथै विविध संघसंस्थाको उपस्थिति रहेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register