भूमि अधिकार तथा श्रमिक संगठनमा पदम सिलवालसीताराम अधिकारी 

धादिङ ।  भूमि अधिकार तथा श्रमिक संगठन धादिङको प्रथम जिल्ला अधिवेशनले  पदम सिलवाललाई अध्यक्षमा निर्वाचित गरेको छ । धादिङबेसीमा शुक्रवार  भएको अधिवेशनले उपाध्यक्षमा रामप्रसाद जमकट्टेल, श्यामकृष्ण सुवेदी , सचिवमा देवराज पौडेल , उपसचिवमा  अञ्जुर गुरुङ र चन्द्र सिलवाल, र कोषाध्यक्षमा  डम्बरबहादुर रोक्कालाई निर्वाचित गरेको छ ।  अधिवेशनले संगठनको सदस्यहरुमा  निलकण्ठका इन्द्रबहादुर खाँण, कृष्ण बहादुर सुनार, तुलबहादुर […]

Nov 15, 2024 - 16:16
 0
भूमि अधिकार तथा श्रमिक संगठनमा पदम सिलवालसीताराम अधिकारी 

धादिङ । 

भूमि अधिकार तथा श्रमिक संगठन धादिङको प्रथम जिल्ला अधिवेशनले  पदम सिलवाललाई अध्यक्षमा निर्वाचित गरेको छ । 
धादिङबेसीमा शुक्रवार  भएको अधिवेशनले उपाध्यक्षमा रामप्रसाद जमकट्टेल, श्यामकृष्ण सुवेदी , सचिवमा देवराज पौडेल , उपसचिवमा  अञ्जुर गुरुङ र चन्द्र सिलवाल, र कोषाध्यक्षमा  डम्बरबहादुर रोक्कालाई निर्वाचित गरेको छ । 

अधिवेशनले संगठनको सदस्यहरुमा  निलकण्ठका इन्द्रबहादुर खाँण, कृष्ण बहादुर सुनार, तुलबहादुर परियार, ज्वालामुखीबाट अर्जुन खनाल, तुल नारायण श्रेष्ठ, बेनिघाटरोराङबाट पार्वती विसुराल, रामबहादुर परियार, थाक्रेबाट मनराज लामा, गोकुल सुनार, त्रिपुरासुन्दरीबाट एकराज कँडेल, रामकृष्ण बसौला, नेत्रावतीडबजोङबाट ज्ञानु नेपाली, थुमसाङ तामाङ, गजुरीबाट चमेली राई, सीता चेपाङ, गल्छीबनट गोपाल बिक, इन्द्रबहादुर भुजेल, धुनिबेसीबाट मुकुन्द राई, खेमनाथ लुईटेल, गंगाजमुनाबाट आकाश तामाङ, कृष्णबहादुर नेपाली निर्वाचित भएका छन् । 

नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले उद्घाटन गर्दै भूमिहीन तथा सुकुम्वासी समस्या समाधानको पहल एमालेले गरेकोले टुंगोमा पुर्‍याउने बताए । 

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले भूमि अधिकारका लागि एमाले नै ब्राण्ड भएकोले यसले मात्र जनताको लागि काम गरेको बताए । 
संस्थापक अध्यक्ष बाबुराम लम्सालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले धादिङका उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा, संगठनका केन्द्रीय सचिव रामकुमार रायमाझी, केन्द्रीय सदस्य उद्धव रिजाल, लगायतले शुभकामना व्यक्त गरेका थिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register