अदालतमा रविले भने- न्याय पाउँछु, ओली सरकार रहिरहने हो भने जनताले धेरै दु:ख पाउँछन् 

रविलाई म्याद थपका लागि आज अदालत पुर्‍याइएको हो । सहकारी ठगी प्रकरणमा उनी गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन् ।

Oct 20, 2024 - 09:31
 0
अदालतमा रविले भने- न्याय पाउँछु, ओली सरकार रहिरहने हो भने जनताले धेरै दु:ख पाउँछन् 

पोखरा । प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ओली सरकार रहँदासम्म जनताले दु:ख पाउने बताएका छन् ।

आइतबार जिल्ला अदालत, कास्कीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

आफूलाई अदालतबाट न्याय मिल्नेमा विश्वस्त रहेको उल्लेख गर्दै उनले भने, “मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ तर, केपी शर्मा ओली सरकार रहिरहने हो भने जनताले धेरै दु:ख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ,” उनले भने ।

उनले आफूलाई झुटा मुद्दामा सरकारले फसाएको दाबी गरेका छन् ।

रविले छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै ठहरिने दाबी गरे । “मलाई जस्तो डेढ वर्ष लगाएर केपी शर्मा ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो,” उनले भने ।

रविलाई म्याद थपका लागि आज अदालत पुर्‍याइएको हो । सहकारी ठगी प्रकरणमा उनी गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन् ।

  • सम्बन्धित समाचार

रविलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register