मन्त्रिपरिषद् बैठक बस्दै, एजेन्डा के ?

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक सोमबार साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । स्रोतले उल्लेख गरेअनुसार बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) विभाजन गर्न चाहन्छन् । यसका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको बताइन्छ । त्यस्तो त यता एकीकृत […]

Oct 21, 2024 - 08:07
 0
मन्त्रिपरिषद् बैठक बस्दै, एजेन्डा के ?

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक सोमबार साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।

स्रोतले उल्लेख गरेअनुसार बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) विभाजन गर्न चाहन्छन् ।

यसका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको बताइन्छ । त्यस्तो त यता एकीकृत समाजवादीका कतिपय नेताहरूले एमाले फर्किने बताइरहेका छन् ।

एकीकृत समाजवादी एमाले नै विभाजन गरेर गठन भएको दल हो । यसको अध्यक्ष एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register