इंग्लिश च्यानल पार गरी बेलायत आउन खोज्दा ५२ जनाको गयो ज्यान

लन्डन। गैरकानूनी मार्गबाट इंग्लिश च्यानल पार गरेर बेलायत प्रवेश गर्नेे क्रममा यस वर्ष मात्रै ५० जना बढीले ज्यान गुमाएका छन् । बेलायत सरकारद्धारा जारी यही अक्टोबर १६ सम्मको तथ्यांकले यस वर्ष साना डुंगाहरुमा जोखिमपूर्ण यात्रा गर्ने क्रममा डुबेर ५२ जनाले ज्यान गुमाएको देखाएको छ । यहि अवधिमा २७ हजार ५ सय जना अवैध मार्गबाट इंिग्लश […]

Oct 21, 2024 - 15:24
 0
इंग्लिश च्यानल पार गरी बेलायत आउन खोज्दा ५२ जनाको गयो ज्यान

फाइल तस्विर

लन्डन। गैरकानूनी मार्गबाट इंग्लिश च्यानल पार गरेर बेलायत प्रवेश गर्नेे क्रममा यस वर्ष मात्रै ५० जना बढीले ज्यान गुमाएका छन् ।

बेलायत सरकारद्धारा जारी यही अक्टोबर १६ सम्मको तथ्यांकले यस वर्ष साना डुंगाहरुमा जोखिमपूर्ण यात्रा गर्ने क्रममा डुबेर ५२ जनाले ज्यान गुमाएको देखाएको छ ।

यहि अवधिमा २७ हजार ५ सय जना अवैध मार्गबाट इंिग्लश च्यानल पार गरी बेलायत प्रवेश गरेका छन् ।

अघिल्लो एक वर्षको सोहि अवधिको तुलनामा यसपटक अवैध रुपमा च्यानल पार गरेर बेलायत आउनेहरुको संख्या बढेको छ।

सन् २०२३ को सिंगो एक वर्षमा यसरी बेलायत प्रवेश गर्नेहरु २९ हजार ४ सय ३७ थिए । त्यसअघि सन् २०२२ मा भने उक्त संख्या हालसम्मकै बढी जम्मा ४५ हजार ७ सय ५५ थियो ।

सन् २०१८ देखि बेलायत सरकारले रेकर्ड राख्न थालेयता यसरीसाना डुंगामा बेलायत प्रवेश गर्नेहरुको संख्या १ लाख ४० हजार पुगिसकेको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको इन्टरनेश्नल अर्गानाइजेसन फर माइग्रेसन (आइओएम) ले सन् २०१८ देखि हालसम्ममा कम्तीमा १ सय ९९ जना मानिसले डुंगामा जोखिमपूर्ण यात्रा गरेर बेलायत प्रवेश गर्न खोज्दा ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको छ ।

संस्थाले यो मृत्युको संख्यालाई कम गर्दै आप्रवासीहरु सुरक्षित मार्गबाट आउन सक्ने वातावारण निर्माणका लागि बेलायत सरकारको ध्यानाकर्षण गरेको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register