अमेरिकी नागरिक जोडीको गुरुङ संस्कृति अनुसार विवाह

अमेरिकी नागरिकले गुरुङ संस्कृति अनुसार विवाह गरेका छन् । सोमवार अमेरिकन जोडीले नेपाली गुरुङ कल्चर अनुसार पर्यटकीय स्थल कास्कीको घान्द्रुकमा विवाह गरेका हुन् ।  दुवै जना पहिलो पटक बिवाह गर्न कै लागि नेपाल आएका हुन् । अमेरिकाको ओक्लाहोमा सिटी राज्यका रयान हान्सोन र ट्रयान हान्सोन बीच गुरुङ संस्कृति अनुसार विवाह भएको विवाहको स्थानीय व्यवस्थापन मिलाएका […]

Oct 21, 2024 - 16:42
 0
अमेरिकी नागरिक जोडीको गुरुङ संस्कृति अनुसार विवाह

अमेरिकी नागरिकले गुरुङ संस्कृति अनुसार विवाह गरेका छन् । सोमवार अमेरिकन जोडीले नेपाली गुरुङ कल्चर अनुसार पर्यटकीय स्थल कास्कीको घान्द्रुकमा विवाह गरेका हुन् । 

दुवै जना पहिलो पटक बिवाह गर्न कै लागि नेपाल आएका हुन् । अमेरिकाको ओक्लाहोमा सिटी राज्यका रयान हान्सोन र ट्रयान हान्सोन बीच गुरुङ संस्कृति अनुसार विवाह भएको विवाहको स्थानीय व्यवस्थापन मिलाएका होटल रक एण्ड मूडका सञ्चालक लच्छिन गुरुङले बताए ।

गाउँलेहरु दुलही पक्ष र दुलहा पक्षमा विभाजित हुँदै जन्ती आएका थिए भने कोही जन्तीको स्वागतार्थ बसेका थिए । स्थानीय लच्छिन गुरुङको घर (होटल रक एण्ड मूड़) बाट दुलहा दुलही लिन घोडामा सवार भई बाजागाजासहित घान्द्रुकमा रहेको गुम्बामा पुगेका थिए । गुम्बाका लामाले भनेअनुसार उनीहरु विवाह मण्डपमा बसे र गुरुङ संस्कृतिअनुसार विवाह बन्धनमा बाँधिए ।

विवाहमा ३५० जनाभन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि व्यवस्था गरिएको थियो । बेलुका दुलाहा  पक्षबाट भव्य रिसेप्सन पाटी दिईएको थियो । विदेशीले गुरुङ परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो ।

 विवाहको चाँजोपाँजो गर्ने व्यवस्था घान्द्रुक पर्यटन व्यवस्थापन समिति र होटल रक एण्ड मूडका सञ्चालक लच्छिन गुरुङले मिलाएका हुन् । विवाहको चाँजोपाँजो गर्ने व्यवस्था मिलाएका लच्छिन गुरूङकाअनुसार रयान र ट्रयान दुवैजना आफूसँग पहिले नै सम्पर्क (चिनजान)मा रहेको उनीहरूलाई नेपाली संस्कृति मन पर्ने हुँदा उनीहरूको चाहाना बमोज़िम बिवाहको व्यवस्था मिलाइदिएको बताए । उनका अनुसार प्याकेजमा नेपाली संस्कृति अनुरूप विवाह गर्नका लागि अफर आएको पनि बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register