भद्रपुर रनको आयव्यय सार्वजनिक

भद्रपुर, ६ कात्तिक । भद्रपुर रन (दौड) प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ । भद्रपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले बडा दशैँको अवसरमा घटास्थापनाका दिन आयोजना गरेको दौड प्रतियोगिताको आयव्यय पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । भद्रपुर रन आयोजक समितिले यस वर्षको प्रतियोगिताबाट एक लाख ९४ हजार चार सय ८५ रूपैयाँ बचत भएको जनाकारी गराए [...] The post भद्रपुर रनको आयव्यय सार्वजनिक appeared first on Jhapa Online.

Oct 22, 2024 - 01:20
 0
भद्रपुर रनको आयव्यय सार्वजनिक

भद्रपुर, ६ कात्तिक । भद्रपुर रन (दौड) प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ ।

भद्रपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले बडा दशैँको अवसरमा घटास्थापनाका दिन आयोजना गरेको दौड प्रतियोगिताको आयव्यय पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । भद्रपुर रन आयोजक समितिले यस वर्षको प्रतियोगिताबाट एक लाख ९४ हजार चार सय ८५ रूपैयाँ बचत भएको जनाकारी गराए । भद्रपुर रन सम्पन्न गर्न १० लाख २६ हजार छ सय १५ रूपैयाँ खर्च भएकोमा १२ लाख २१ हजार एकसय संकलन भएको थियो ।

यस बर्ष करिब दुई लाख रुपैयाँ बचत गर्न सकिएको वडाध्यक्ष तथा मूल आयोजक समितिका संयोजक सुब्बाले जानकारी दिए । आम्दानी रकममध्ये तीन लाख ९४ हजार चार सय ८५ रूपैयाँ उठ्न बाँकी रहेको र सो रकम उठने संयोजक सुब्बाको भनाइ छ । प्रतियोगितालाई सम्पन्न गर्न सहयोग पु¥याउने झापाका उद्योगी व्यवसायी, सामाजिक, शैक्षिक तथा विभिन्न संघ संस्थाप्रति उनले आभार समेत प्रकट गरेका छन् ।

आगामी वर्षहरुमा यो प्रतियोगितालाई अझ व्यवस्थित बनाउँदै लैजाने बताउँदै यो वर्ष नगरभित्रका विजेता खेलाडीलाई मात्र पुरस्कार वितरण गरेको र आगामी वर्षमा नगर बाहिरकालाई पुरस्कार दिने व्यवस्था मिलाउने बताए । बचत रकममा थप गरी भद्रपुर रन आयोजक समितिले सो प्रतियोगिता हरेक वर्ष घटस्थापनका दिन सञ्चालन गर्ने उनले बताए । समितिका पदाधिकारी सदस्य लगायत सम्मिलित पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार संयोजक गोपाल गिरी र स्वास्थ्य संयोजक केदार महतले गरेका थिए ।

The post भद्रपुर रनको आयव्यय सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register