लामखुट्टे भगाउन घरमै लगाउनुहोस् यी बिरुवा

एजेन्सी । लामखुट्टेले डेंगु, मलेरिया जस्ता रोग फैलाउँछन्, जसले मानव जीवनमा अनेकौँ समस्या ल्याउने गर्छ । लामखुट्टेबाट छुटकारा पाउनका लागि कोइला वा अन्य कीटनाशकहरूको प्रयोग गरिन्छ तर, घरभित्र केही बिरुवा रोपेर पनि लामखुट्टेबाट टाढा रहन सकिन्छ । यीनै बिरुवामा पहिलो नाम रोजमेरीको हो, जुन एक सदावहार बिरुवा हो । यस बिरुवाबाट थोरै तेज गन्ध निस्कन्छ, […]

Oct 22, 2024 - 10:37
 0
लामखुट्टे भगाउन घरमै लगाउनुहोस् यी बिरुवा

एजेन्सी । लामखुट्टेले डेंगु, मलेरिया जस्ता रोग फैलाउँछन्, जसले मानव जीवनमा अनेकौँ समस्या ल्याउने गर्छ । लामखुट्टेबाट छुटकारा पाउनका लागि कोइला वा अन्य कीटनाशकहरूको प्रयोग गरिन्छ तर, घरभित्र केही बिरुवा रोपेर पनि लामखुट्टेबाट टाढा रहन सकिन्छ ।

यीनै बिरुवामा पहिलो नाम रोजमेरीको हो, जुन एक सदावहार बिरुवा हो । यस बिरुवाबाट थोरै तेज गन्ध निस्कन्छ, तर यो लामखुट्टे र अन्य कीरालाई टाढा राख्नमा प्रभावकारी छ ।

सयपत्री, नेपालमा सबैभन्दा सामान्य र लोकप्रिय फूलहरूमा एक हो । यो फूल घरभित्र वा बाहिर, जुनसुकै माटोमा, कहीँ पनि रोप्न सकिन्छ । यस फूलको सुगन्धले लामखुट्टेलाई घरबाट टाढा राख्नमा मद्दत गर्दछ ।

तुलसीको बिरुवा पवित्रताको प्रतीकको रूपमा लगभग प्रत्येक घरमा पाइन्छ । यस बिरुवामा लामखुट्टेको लार्भा बाँच्न सक्दैन, र यसको तेज गन्ध लामखुट्टे र अन्य कीराहरूलाई घरबाट टाढा राख्नमा मद्दत गर्छ ।

पुदिना आफ्नो अनौठो र ताजा स्वादका लागि चिनिन्छ तर, के तपाईंलाई थाहा छ कि यो बिरुवा लामखुट्टेलाई भगाउनमा पनि उत्तिकै प्रभावकारी छ ? यसलाई तपाईं आफ्नो घरभित्र वा बाहिर जहाँ पनि रोप्न सक्नुहुन्छ ।

लामखुट्टेलाई भगाउने प्राकृतिक तरिकाहरूमध्ये एक हो, लसुन । तपाईं लसुनका साना टुक्राहरू सानो-सानो टुक्रा गरेर ती स्थानहरूमा राख्न सक्नुहुन्छ, जहाँ लामखुट्टे तपाईंको घरमा प्रवेश गर्दछन्, वा लसुनको रस निकालेर आफ्नो घरका बिरुवाहरूमा छर्न पनि सक्नुहुन्छ ।

दुबो सजिलै उम्रन सक्ने घाँस हो । उसले पनि लामखुट्टेलाई तपाईंको घरबाट टाढा राख्न मद्दत गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register