क्रेडिट रेटिङले लगानीका लागि अनुकूल वातावरण बनायो : अर्थमन्त्री

काठमाडौं । सरकारले सार्वभौम क्रेडिट रेटिङमा प्राप्त गरेको सफलताले निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताको लागि उत्साह सिर्जना भएको बताएको छ । नेपालले सार्वभौम क्रेडिट रेटिङमा बिबि माइनस स्कोर प्राप्त गर्न सफल भएपछि शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना भएको र लगानीका लागि […]

Nov 22, 2024 - 06:29
 0
क्रेडिट रेटिङले लगानीका लागि अनुकूल वातावरण बनायो : अर्थमन्त्री

काठमाडौं । सरकारले सार्वभौम क्रेडिट रेटिङमा प्राप्त गरेको सफलताले निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताको लागि उत्साह सिर्जना भएको बताएको छ ।

नेपालले सार्वभौम क्रेडिट रेटिङमा बिबि माइनस स्कोर प्राप्त गर्न सफल भएपछि शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना भएको र लगानीका लागि अनुकूल स्थान भएको सन्देश गएको बताएका हुन् ।

सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मुल्यांकनको आधारको रुपमा लिने गरेको उनले बताए ।

पौडेलले नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको र यसले सकारात्मक सन्देश दिएको धारणा राखे ।

सार्वभौम क्रेडिट रेटिङ विगतका तथ्यांक विश्लेषणको नतिजा मात्र नभएर भविष्यपरक दृष्टिकोण समेत भएको भन्दै पौडेलले यसले अर्थतन्त्रको भावी दिशा र सम्भावनाको आकलन गर्दै भविष्यमा आफ्नो ऋण दायित्व पूर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्ने उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register