फिल्म हलभित्र एमआरपीभन्दा महँगोमा खानेकुरा बेच्न नपाइने !  

काठमाडौँ । फिल्म हलमा खानेकुरा र पानी अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा महँगोमा बेच्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गर्दै फिल्म हलभित्र पानी र खानेकुरा एमआरपी भन्दा महँगोमा बेच्न नपाइने जनाएको छ ।  विभाग र नेपाल चलचित्र संघबीच भएको छलफल तथा अन्तरक्रियापछि बजारलाई स्वच्छ र प्रतिस्पर्धी […]

Oct 23, 2024 - 08:31
 0
फिल्म हलभित्र एमआरपीभन्दा महँगोमा खानेकुरा बेच्न नपाइने !  

काठमाडौँ । फिल्म हलमा खानेकुरा र पानी अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा महँगोमा बेच्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गर्दै फिल्म हलभित्र पानी र खानेकुरा एमआरपी भन्दा महँगोमा बेच्न नपाइने जनाएको छ । 

विभाग र नेपाल चलचित्र संघबीच भएको छलफल तथा अन्तरक्रियापछि बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउनु र उपभोक्ताको अधिकार संरक्षण गर्नेगरी उक्त निर्णय भएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

योसँगै अब देशभरका सिनेमा हलहरुले हलभित्र पानी तथा खानेकुरा एमआरपी भन्दा महँगोमा बेच्न नपाउने भएका छन् । यसका बावजुत पनि कसैले महँगोमा बेचेको पाइए कारबाही गरिने विभागले चेतावनी दिएको छ । 

त्यस्तै, विभागले सिनेमा हलभित्र खानेकुरा खरिद गर्दा एमआरपी हेरेर खरिद गर्न र एमआरपी भन्दा बढी मूल्य लिए खबर गर्न पनि आग्रह गरेको छ । यसअघि सिनेमा हलहरुले पानी, कोल्ड ड्रिंक्स, पपकन, क्वीज तथा अन्य खाद्य सामाग्रीहरु बजारमूल्य भन्दा अधिकतम मूल्यमा बिक्री गर्दै आइरहेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register