लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले तीनजना नयाँ मन्त्री थपेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट तीनजना मन्त्री थपेका हुन् । नवनियुक्त मन्त्रीहरूको बिहीबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ । नेपाली कांग्रेसको […]

Oct 23, 2024 - 12:37
 0
लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले तीनजना नयाँ मन्त्री थपेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट तीनजना मन्त्री थपेका हुन् । नवनियुक्त मन्त्रीहरूको बिहीबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्री बनाइएको छ ।

नयाँ मन्त्रीहरु कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिए पनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register