एआई सम्मेलन गर्दै युवा संघ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ । संघले कात्तिक ११ र १२ गते काठमाडौंको कालिमाटीस्थित हायात प्यालेसमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । एआई विज्ञताको रूपमा विभिन्न मुलुकका विदेशीहरूको समेत भौतिक रूपमा सहभागिता रहनेछ । सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक […]

Oct 24, 2024 - 11:07
 0
एआई सम्मेलन गर्दै युवा संघ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ ।

संघले कात्तिक ११ र १२ गते काठमाडौंको कालिमाटीस्थित हायात प्यालेसमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

एआई विज्ञताको रूपमा विभिन्न मुलुकका विदेशीहरूको समेत भौतिक रूपमा सहभागिता रहनेछ ।

सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

सो कार्यक्रममा १० वटा थिमेटिक बेसमा छलफल हुनेछ भने १०१ जना विज्ञ प्यानलिट सहभागी हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register