स्वदेशी भन्दा क्यानडामा विदेशी कामदार धेरै, स्थानीयले काम पाउनै छोडेपछि विदेशी कामदार घटाउँदै सरकार !  

काठमाडौँ । क्यानडाले विदेशी कामदारको संख्या घटाउने तयारी गरेको छ । स्वदेशी कम्पनीहरुमा स्वदेशी भन्दा विदेशी कामदारको संख्या अत्याधिक भएपछि क्यानडेली सरकारले विदेशी कामदारको संख्या घटाउने तयारी गरेको हो ।  विदेशी कामदारको संख्या घटाउने तयारी गरेकोबारे क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।  प्रधानमन्त्री ट्रुडोका अनुसार क्यानडा सरकारले सन् २०२५ सम्म अध्यागमन […]

Oct 24, 2024 - 12:43
 0
स्वदेशी भन्दा क्यानडामा विदेशी कामदार धेरै, स्थानीयले काम पाउनै छोडेपछि विदेशी कामदार घटाउँदै सरकार !  

काठमाडौँ । क्यानडाले विदेशी कामदारको संख्या घटाउने तयारी गरेको छ । स्वदेशी कम्पनीहरुमा स्वदेशी भन्दा विदेशी कामदारको संख्या अत्याधिक भएपछि क्यानडेली सरकारले विदेशी कामदारको संख्या घटाउने तयारी गरेको हो । 

विदेशी कामदारको संख्या घटाउने तयारी गरेकोबारे क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

प्रधानमन्त्री ट्रुडोका अनुसार क्यानडा सरकारले सन् २०२५ सम्म अध्यागमन संख्या घटाउने लक्ष्य लिएको छ भने कम्पनीहरुमा स्थानीय कामदार राख्नुपर्नेगरी कडा नियमहरु बनाउने तयारी गरेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडाले सन् २०२५ मा ३ लाख ९५ हजार नयाँ आप्रवासीलाई प्रवेश दिनेछ भने सन् २०२६ र सन् २०२७ मा क्रमशः ३ लाख ८० हजार र ३ लाख ६५ हजार आप्रवासीलाई प्रवेश अनुमति दिनेछ । जुन यसवर्ष ४ लाख ८५ हजार भन्दा कम भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

त्यस्तै, क्यानडाले सन् २०२५ मा अन्तराष्ट्रिय अध्ययन अनुमति पनि १० प्रतिशतले कम गर्नेछ । अर्थात, सन् २०२५ मा ४ लाख ३७ हजारले मात्रै क्यानडाका लागि अन्तराष्ट्रिय अध्ययन अनुमति पाउनेछन् । जबकी क्यानडाले सन् २०२४ मा ४ लाख ८५ हजारलाई अन्तराष्ट्रिय अध्ययन अनुमति प्रदान गरेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register