अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं।  वैदेशिक रोजगारमा अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ धुनिवेशी नगरपालिका-८ जीवनपुर घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  गर्तौलाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद १७ लाख रूपैयाँ  लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट […]

Oct 24, 2024 - 12:42
 0
अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। 

वैदेशिक रोजगारमा अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ धुनिवेशी नगरपालिका-८ जीवनपुर घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

गर्तौलाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद १७ लाख रूपैयाँ  लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दरबारमार्गबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register