बक्यौता नतिर्ने उद्योगको लाइन फेरि काटियो, कुलमानदेखि ‘हत्तु’ भएका उद्योगी पैसा तिर्नुको साटो शक्ति केन्द्र धाउँदै !

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ । पछिल्लो पटक प्राधिकरणले २४ असोजमा उद्योगहरूलाई विद्युत् महसुल बुझाउनका लागि ८ कात्तिकसम्मको समयसीमा दिएको थियो । तर, उक्त समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो । यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न […]

Oct 25, 2024 - 05:13
 0
बक्यौता नतिर्ने उद्योगको लाइन फेरि काटियो, कुलमानदेखि ‘हत्तु’ भएका उद्योगी पैसा तिर्नुको साटो शक्ति केन्द्र धाउँदै !

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ ।

पछिल्लो पटक प्राधिकरणले २४ असोजमा उद्योगहरूलाई विद्युत् महसुल बुझाउनका लागि ८ कात्तिकसम्मको समयसीमा दिएको थियो । तर, उक्त समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो ।

यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए । तर, प्राधिकरणले गए राति बक्यौता नतिर्ने उद्योगीहरूको लाइन काटिदिएको हो ।

विद्युत् महसुलसम्बन्धी विवादमा प्राधिकरण र उद्योगीबीच विवाद छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, जीबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलबारी स्वचालित चामल मिललगायत १० उद्योगको लाइन काटिएको उद्योगीहरूले जनाएका छन् ।

प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगमा लाइन काटेपछि उद्योगीहरु फेरी शक्ति केन्द्र धाउन थालेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register