इरानमाथि इजरायलको आक्रमण

काठमाडौं । इरानमाथि इजरायलले आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार शनिबार बिहान इजरायलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाई आक्रमण गरेको हो । यसअघि अक्टोबर १ मा इरानले इजरायलमा आक्रमण गरेको थियो । त्यतिबेला इरानले १८० वटाभन्दा बढी मिसाइलले इजरायलमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणलाई इरानले इजरायलमाथि गरेको ठूलोमध्येको हमला भनिएको थियो […]

Oct 26, 2024 - 03:37
 0
इरानमाथि इजरायलको आक्रमण

काठमाडौं । इरानमाथि इजरायलले आक्रमण गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार शनिबार बिहान इजरायलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।

यसअघि अक्टोबर १ मा इरानले इजरायलमा आक्रमण गरेको थियो । त्यतिबेला इरानले १८० वटाभन्दा बढी मिसाइलले इजरायलमाथि आक्रमण गरेको थियो ।

उक्त आक्रमणलाई इरानले इजरायलमाथि गरेको ठूलोमध्येको हमला भनिएको थियो । सो आक्रमणपछि इजरायलले त्यसको जवाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register