इरानमाथि इजरायली आक्रमणबारे बोल्यो साउदी अरेबिया

काठमाडौं । साउदी अरेबियाले इरानमा इजरायली हवाई आक्रमणको निन्दा गरेको छ । साउदी अरेबियाले इजरायली आक्रमणलाई इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताएको छ । साउदी प्रेस एजेन्सीकाअनुसार साउदी अरेबियाले इजरायल र इरान दुवैलाई संयम अपनाउन र तनाव कम गर्न अपिल गरेको छ । यससँगै साउदी अरेबियाले मध्यपूर्व क्षेत्रमा जारी सैन्य संघर्षले गम्भीर परिणाम […]

Oct 26, 2024 - 08:37
 0
इरानमाथि इजरायली आक्रमणबारे बोल्यो साउदी अरेबिया

काठमाडौं । साउदी अरेबियाले इरानमा इजरायली हवाई आक्रमणको निन्दा गरेको छ ।

साउदी अरेबियाले इजरायली आक्रमणलाई इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताएको छ ।

साउदी प्रेस एजेन्सीकाअनुसार साउदी अरेबियाले इजरायल र इरान दुवैलाई संयम अपनाउन र तनाव कम गर्न अपिल गरेको छ ।

यससँगै साउदी अरेबियाले मध्यपूर्व क्षेत्रमा जारी सैन्य संघर्षले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।

साउदी अरेबियाले यस क्षेत्रको तनाव कम गर्न र जारी द्वन्द्व अन्त्य गर्न आफ्नो भूमिका र दायित्व निर्वाह गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेको छ ।

शुक्रबार राति इजरायलले इरानी सैन्य शिविरमा हवाई हमला गरेको थियो । यता, अमेरिकाले इजरायललाई इरानको तेल र आणविक स्थलबाट टाढा रहन पनि चेतावनी दिएको छ ।

अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ ।

इजरायललाई अमेरिकाको चेतावनी : इरानको आणविक र तेल साइटबाट टाढा रहनू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register