युक्रेनमा पुन: रूसी आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी। युक्रेनमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने किभ र वरपरको क्षेत्रमा भएको आक्रमणमा एक किशोर र अर्का एक व्यक्तिको मृत्यु भएको थियो । डिनिप्रो सहरमा भएको आक्रमणमा परी १९ जना घाइते भएको तथा उक्त […]

Oct 26, 2024 - 10:24
 0
युक्रेनमा पुन: रूसी आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी।

युक्रेनमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने किभ र वरपरको क्षेत्रमा भएको आक्रमणमा एक किशोर र अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।

डिनिप्रो सहरमा भएको आक्रमणमा परी १९ जना घाइते भएको तथा उक्त स्थानका भवनहरू क्षतिग्रस्त भएको मध्य डिनिप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्गी लिसाकले बताएका छन् ।

लिसाकले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरूमा उद्धारकर्ताहरू भग्नाबशेषमा उद्धारको काम गरिरहेको र अस्पतालको कोठाको झ्याल उडेकोे देखाइएको छ । उनका अनुसार आठ जना घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

रूसले निरन्तर रुपमा किभसहित युक्रेनी सहरहरूमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । मस्कोले ऊर्जा पूर्वाधार केन्द्रित आक्रमण बढाउदा किभले आफ्ना सहयोगीहरूबाट अझ बढी हवाई सुरक्षाको माग्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register