पाकिस्तानसँगको सीमा नजिक इरानमा आक्रमण, १० प्रहरीको मृत्यु

काठमाडौं । इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् । तफ्तान क्षेत्र पाकिस्तानको सीमा नजिक पर्छ । इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले सिस्तान र बलुचिस्तानको सीमामा रहेको शहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको हो । इरानका गृहमन्त्री […]

Oct 27, 2024 - 05:19
 0
पाकिस्तानसँगको सीमा नजिक इरानमा आक्रमण, १० प्रहरीको मृत्यु

काठमाडौं । इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् ।

तफ्तान क्षेत्र पाकिस्तानको सीमा नजिक पर्छ ।

इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले सिस्तान र बलुचिस्तानको सीमामा रहेको शहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको हो ।

इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई ‘आतंकवादी’ हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन् ।

सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि शनिबार एक विज्ञप्तिमा यसको पुष्टि गर्‍यो र भन्यो, “तफ्तान शहरको गोहर कोह पुलिस स्टेशनका दुई गस्ती इकाईका १० जना प्रहरी मारिएका छन् ।”

जब यो हमला भएको थियो, प्रहरी जवानहरू आफ्नो कर्तव्य पूरा गरेर घर फर्किरहेका थिए ।

जैश-अल-अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ । र भन्यो, “तफ्तान शहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो ।”

जैश-अल-अदल एक सशस्त्र चरमपन्थी संगठन हो । यो संगठन इरानी सरकारको विरोध गर्दछ । यो संगठनले आफूलाई न्याय र समानताको सेना पनि भन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register