आइतबार ९.१९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता सेयर खरिद हुँदा ४ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज […]

Oct 27, 2024 - 09:55
 0
आइतबार ९.१९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता सेयर खरिद हुँदा ४ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनी ३२ करोड ६४ लाख ८५ हजार ६ सय १८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका सेयर लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, नेपाल एसबीआइ बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register