भारतबाट अवैध रूपमा ल्याइएका १५ लाखका मोबाइल कभर बरामद

काठमाडौं ।  सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका-४, भासी इलाकामा १५ लाख रुपैयाँ बराबरका करिब पाँच हजार थान मोबाइल कभर बरामद गरेको छ । आइतबार अवैध रूपमा भारतबाट नेपाल ल्याइएको अवस्थामा रक्षा वेस मझगाउँको टोलीले यी मोबाइल कभर बेवारिसे अवस्थामा फेला परेका थिए । बरामद भएका मोबाइल कभर आवश्यक कानुनी कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय, कञ्चनपुरमा बुझाइएको छ । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध सामानको आयात रोक्न गस्ती र सुरक्षा व्यवस्थामा कडाइ गर्दै आएको जनाएको छ ।  

Oct 27, 2024 - 12:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register