बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतमा झुन्डिएको अवस्थामा भेटिए

रुपन्देही । दाङमा जबरजस्ती करणी आरोपमा हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया  झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।  प्युठान बडडाँडा घर भएका मगरलाई केही दिनअघि भालुवाङमा नाबालिगलाई करणी गरेको आरोपमा पक्राउ गरिएको थियो। उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएका थिए । प्रहरीका अनुसार, आज बिहान ५ बजे गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा […]

Oct 28, 2024 - 05:13
 0
बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतमा झुन्डिएको अवस्थामा भेटिए

रुपन्देही । दाङमा जबरजस्ती करणी आरोपमा हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया  झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।  प्युठान बडडाँडा घर भएका मगरलाई केही दिनअघि भालुवाङमा नाबालिगलाई करणी गरेको आरोपमा पक्राउ गरिएको थियो। उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएका थिए ।

प्रहरीका अनुसार, आज बिहान ५ बजे गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

दशैंको फूलपातीको दिन भालुवाङमा दुई सशस्त्र प्रहरी जवानले दुई बालिकालाई बलात्कार गरेको आरोप लागेपछि पचभैया र उनको साथीलाई पक्राउ गरी अनुसन्धान चलिरहेको थियो ।

स्थानीयले आरोपीलाई जोगाउन शक्तिको आडमा दबाब दिने प्रयास भएको भन्दै लगातार १५ दिनसम्म आन्दोलन गरेका थिए। जनदबाबपछि मात्रै आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register