राष्ट्र बैंकका गभर्नरलाई ‘सी प्लस’ ग्रेड !

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘सी प्लस’ ग्रेड पाएका छन् । अमेरिकाको ग्लोबल म्यागजिनले सन् २०२४ का लागि निर्धारण गरेको विश्वभरका केन्द्रीय बैंकका प्रमुखहरुको र्यांकिङमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘सी प्लस’ ग्रेड पाएका हुन् । ग्लोबल म्यागजिनले गभर्नरहरुको कार्यक्षमता, कार्यशैली, नीतिगत व्यवस्था र त्यसले पारेको प्रभावका आधारमा केन्द्रीय बैंकका गभर्नरहरुलाई […]

Oct 28, 2024 - 11:49
 0
राष्ट्र बैंकका गभर्नरलाई ‘सी प्लस’ ग्रेड !

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘सी प्लस’ ग्रेड पाएका छन् । अमेरिकाको ग्लोबल म्यागजिनले सन् २०२४ का लागि निर्धारण गरेको विश्वभरका केन्द्रीय बैंकका प्रमुखहरुको र्यांकिङमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘सी प्लस’ ग्रेड पाएका हुन् ।

ग्लोबल म्यागजिनले गभर्नरहरुको कार्यक्षमता, कार्यशैली, नीतिगत व्यवस्था र त्यसले पारेको प्रभावका आधारमा केन्द्रीय बैंकका गभर्नरहरुलाई र्यांकिङमा समेट्दै आएका छ ।

सोही अन्तर्गत गभर्नर अधिकारीले पाएको ‘सी प्लस’ ग्रेडले गत वर्षको तुलनामा यसवर्ष गभर्नर अधिकारीको ‘पर्फमेन्स’ कमजोर र केन्द्रीय बैंकको मौद्रिक नीतिको असर प्रभावकारी नभएको देखाएको छ ।

यसो त उक्त र्यांकिङमा ‘सी प्लस’ ग्रेड पाउने गभर्नर अधिकारी एशियाकै एक मात्र गभर्नर हुन् । एशियाका अन्य देशका गभर्नरहरुको र्यांक ‘बी’ र ‘बी’ भन्दा माथि नै छ । यसले एशियामा अन्य मुलुकहरुको तुलनामा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी कमजोर रहेको प्रष्ट हुने जानकारहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register