एअर इन्डियाको विमानमा शंकास्पद वस्तु फेला परेन

काठमाडौं ।  एअर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना पछि नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचमा शंकास्पद वस्तु फेला नपरेको बताइएको छ । विमानमा कुनै प्रकारको शंकास्पद वस्तु फेला नपरेको  उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिईन् । सोमबार अपराह्न २:४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको […]

Oct 28, 2024 - 14:01
 0
एअर इन्डियाको विमानमा शंकास्पद वस्तु फेला परेन

काठमाडौं ।  एअर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना पछि नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचमा शंकास्पद वस्तु फेला नपरेको बताइएको छ ।

विमानमा कुनै प्रकारको शंकास्पद वस्तु फेला नपरेको  उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिईन् ।

सोमबार अपराह्न २:४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको थियो।

केहि दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको  भिस्तारा एयरवेजको विमानमा पनि बम राखिएको हल्ला फैलिएको थियो। तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु  भेटिएको थिएन  ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register