म्याग्दीका तीनवटा पालिकामा कृषिसम्बन्धी परियोजना सुरु

म्याग्दी।   हिमाली जिल्ला म्याग्दीको तीनवटा पालिकामा कृषि सम्बन्धी परियोजना सुरु भएको छ । उत्पादित फलफूल र तरकारीमा पोषक तत्वलाई खेरजान नदिन र बचाइराख्नको लागि विभिन्न कार्यक्रमहरु गर्ने गरी बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा कृषि सम्बन्धी ग्रामीण विकास परियोजना सञ्चालन गरिएको हो ।  इन्टरनेशलन डेभलपमेन्ट इन्टरप्राइसेस (आइडीई) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मिलन म्याग्दीमार्फत परियोजना […]

Oct 29, 2024 - 08:48
 0
म्याग्दीका तीनवटा पालिकामा कृषिसम्बन्धी परियोजना सुरु

म्याग्दी। 

 हिमाली जिल्ला म्याग्दीको तीनवटा पालिकामा कृषि सम्बन्धी परियोजना सुरु भएको छ । उत्पादित फलफूल र तरकारीमा पोषक तत्वलाई खेरजान नदिन र बचाइराख्नको लागि विभिन्न कार्यक्रमहरु गर्ने गरी बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा कृषि सम्बन्धी ग्रामीण विकास परियोजना सञ्चालन गरिएको हो । 

इन्टरनेशलन डेभलपमेन्ट इन्टरप्राइसेस (आइडीई) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मिलन म्याग्दीमार्फत परियोजना सञ्चालनमा आएको छ । गएको अगस्ट महिनादेखि जिल्लामा सुरु भएको ग्रामीण विकास परियोजनाको सोमबार बेनीमा सरोकारवालाहरुको उपस्थितिमा परियोजना शुभारम्भ तथा अभिमुखीकरण र द्रुत बजार विश्लेषण(आरएमए) को नतिजा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा(आइडीई) नेपालका मार्केट डेभलपमेन्ट लिड त्रिशक्ति रानाले आफ्नो प्रस्तुतीकरण गर्दै नेपालमा सन् १९९२ देखि परियोजना सञ्चालन भएको हुँदा (आइडीई) नेपालले गर्ने हरेक कार्यक्रमहरु नेपाल सरकारसँगको समन्वय तथा साझेदारीमा सञ्चालन हुँदै आइरहेको बताए । उनले हालसम्म ७ लाख ११ हजार २८ जना किसानहरुसमक्ष (आइडीई) नेपालको कार्यक्रम पुगेको बताउँदै कार्यक्रमले एक रुपैयाँ लगानी गरेकोमा ३८ गुणाबढी फाइदा दिएको जानकारी दिए। 

अहिले गण्डकी प्रदेशमा म्याग्दी, कास्की र स्याङ्जाका ९ सयजना किसानहरुसमक्ष पुगेर (आइडीई) नेपालले काम गर्ने भएकाले यसमा युवा र महिलाहरु ६० प्रतिशत हुनुपर्ने परियोजनाले जनाएको छ । सोही कार्यक्रममा सहयात्री कन्सल्टेन्सीका कन्सल्टेन्ट सुरज आचार्यले कार्यक्रम लागू भएको म्याग्दी जिल्लाको बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा पुगेर उत्पादित फलफूल र तरकारीको विश्लेषण गरिएको बताए । उनले बेनीमा सुन्तला, केरा, किबी र आलु खेती तथा मंगला र मालिकामा पनि सुन्तला, केरा, किबी तथा तरकारीको उत्पादन, बजारको अवस्था र मूल्य निर्धारणलगायत बारेमा गरिएको अध्ययनबारे जानकारी दिए । 

(आइडीई) नेपालका प्रदेश संयोजक सुमन श्रेष्ठले कार्यक्रम लागू भएको पालिकामा सम्बन्धित किसानहरु, सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा कार्यक्रमलाई आगामी दिनमा अगाडि बढाइने बताए । कार्यक्रममा सहभागी जिल्लाका किसानहरुले गहिराइमा पुगेर अध्ययन तथा अनुसन्धान गर्नुपर्ने, जिल्लाभन्दा बाहिरबाट भित्रिने तरकारी र फलफूललाई विस्थापित गर्ने योजना ल्याउनुपर्ने, कोल्डस्टोर सञ्चालनलाई व्यवस्थित बनाउनुपर्नेलगायत सल्लाह तथा सुझावहरु दिएका थिए ।

परियोजना शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले फलफूल र तरकारीलक्षित ग्रामीण विकास परियोजना प्रभावकारीमा रुपमा सञ्चालन गर्नुपर्ने बताए । उनले कार्यक्रम लागू भएको १७ महिनापछि समीक्षा गर्ने क्रममा उपलब्धिमूलक परिणाम देखिनुपर्नेमा जोड दिए । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उत्पादित फलफूल र आलुको भण्डारण गर्नको लागि कोल्डस्टोर सञ्चालन गरिए पनि मासिक रुपमा ३०-३५ हजार रुपैयाँ घाटा बेहोर्नुपरेको बताए । 

कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मन्तव्य व्यक्त गर्दै फलफूल र तरकारी उत्पादनसँगै सुरक्षित भण्डारण तथा बजार व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने बताए । मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले संस्थामार्फत सञ्चालित गतिविधिहरुको बारेमा प्रस्तुतीकरण गरेको  कार्यक्रम परियोजनाका अधिकृत बालकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register