तिहारको समय आगलागी हुन नदिन यी कुरामा दिनुहोस् ध्यान

काठमाडौं । तिहार पर्व सुरु भइसकेको छ । यस समयमा आगलागीका घटनाको जोखिम बढ्छ । यस अवधिमा आगलागीको सबैभन्दा ठूलो कारण पटाका हो । केही पटाकाका झिल्काहरू हावामा उड्दै कसैको घरभित्र पसेर आगलागी हुन सक्छ । आफैँले पटाका बाल्दा पनि सानो असावधानीले आगो लाग्नसक्छ वा हामी आफैँ जल्न सक्छौँ । त्यस्तै, घरमा दियो वा मैनबत्ती […]

Oct 29, 2024 - 11:43
 0
तिहारको समय आगलागी हुन नदिन यी कुरामा दिनुहोस् ध्यान

काठमाडौं । तिहार पर्व सुरु भइसकेको छ । यस समयमा आगलागीका घटनाको जोखिम बढ्छ । यस अवधिमा आगलागीको सबैभन्दा ठूलो कारण पटाका हो । केही पटाकाका झिल्काहरू हावामा उड्दै कसैको घरभित्र पसेर आगलागी हुन सक्छ ।

आफैँले पटाका बाल्दा पनि सानो असावधानीले आगो लाग्नसक्छ वा हामी आफैँ जल्न सक्छौँ । त्यस्तै, घरमा दियो वा मैनबत्ती बाल्दा सावधानी नअपनाउँदा पनि आगलागी हुन सक्छ । त्यसैले यी घटना हुन नदिन पूर्वसावधानीका उपाय अपनाउनु नै बुद्धिमानी हुन्छ ।

पूर्वसावधानीका उपाय

यस दिनमा रेसम, नाइलन, पोलिएस्टरबाट बनेका कपडा नलगाउनुस् किनभने यी सजिलै आगो समात्छ । यसको सट्टामा सूति कपडा मात्र लगाउनुहोस् । दियो, मैनबत्ती र पटाकालाई कहिल्यै पनि एकसाथमा नराख्नुहोस् । घरको छत र बार्दलीमा राखेको कपडा हटाउनुहोस् । किनभने यसमा बाहिरबाट आएको पटाकाको झिल्काले सजिलै आगो लाग्न सक्छ ।

दियो र मैनबत्तीलाई बालेर घर बाहिर नजानुहोस् । घरको झ्याल बन्द राख्नुहोस् किनभने कहिलेकाहीँ रकेट पटाकाले झ्यालको पर्दामा आगो लाग्न सक्छ । सिलिन्डर, इन्भर्टर, गाडीको नजिक दियो नबाल्नुहोस् ।

घरमा ल्याएको पटाकालाई आगो पुग्न नसक्ने सुरक्षित स्थानमा राख्नुहोस् । घरमा भएका विद्युतीय तारहरूलाई राम्रोसँग चेक गर्नुहोस् । घरको भित्र पटाका नबाल्नुहोस् र बच्चालाई दियो र पटाकाबाट टाढा राख्नुहोस् ।

आगो लागे के गर्ने ?

यदि आगो लागिहाल्यो भने नआत्तिनुहोस् । आगलागी भएको स्थानबाट तुरुन्त बाहिर निस्कनुहोस् र आगो नियन्त्रणको लागि दमकल सेवा १०१ मा फोन गर्नुहोस् । घरमा फायर एक्स्टीङ्गगुईसर छ भने तुरुन्तै यसको प्रयोगले आगो निभाउनुहोस् ।

घरको भाडाहरूमा पानी भरेर राख्नुहोस्, सानो आगोमा यसले धेरै मद्दत गर्नेछ । यदि तपाईंको कपडामा आगो लाग्यो भुलेर पनि नभाग्नुहोस्, बरु जमिनमा यता उति पल्टिनुहोस् वा कम्बलले शरीर ढाक्नुहोस्, यसले आगो निभ्न सहयोग गर्नेछ ।

के नगर्ने ?

आगो लागेको समयमा घरको माथिल्लो तला तर्फ भाग्ने गल्ती नगर्नुहोस् किनकि आगो जहिले पनि उल्टो दिशामा जाने गर्छ । घरको ठूलो सामानको तलतिर पनि कहिल्यै नलुक्नुहोस् ।

घरमा आगो लागेको समयमा लिफ्टको प्रयोग नगर्नुहोस् । साथै सर्ट सर्किट भएको छ भने यसलाई पानीले निभाउने गल्ती पनि नगर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register