५० हजार दर्शक अट्ने रंगशाला निर्माणका लागि जग्गा खोज्दैछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रंगशालाका लागि सरकारले जग्गा खोजिरहेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता नेपाली राष्ट्रिय टोलीसँगको भेटमा उनले नयाँ रंगशालाबारे बताएका हुन् । उनले सरकारले ५० हजारसम्म दशर्क अट्ने रंगशालाका लागि जग्गा खोजिरहेको बताए । ‘५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित […]

Oct 31, 2024 - 10:51
 0
५० हजार दर्शक अट्ने रंगशाला निर्माणका लागि जग्गा खोज्दैछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ रंगशालाका लागि सरकारले जग्गा खोजिरहेको बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता नेपाली राष्ट्रिय टोलीसँगको भेटमा उनले नयाँ रंगशालाबारे बताएका हुन् ।

उनले सरकारले ५० हजारसम्म दशर्क अट्ने रंगशालाका लागि जग्गा खोजिरहेको बताए । ‘५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको छ,’ ओलीले भने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको क्षमता १५ हजार चार सय मात्रै रहेको छ । यद्यपि, संख्याभन्दा बढी दर्शक राखेर अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल देखाउँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register