सुन तस्करी प्रकरणमा जेल परेका कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा

कृष्णबहादुर महरा पनि चैतमा पाँच दिनमा हिरासतमा बसेर छुटेका थिए । त्यो बेलामा उनी छुट्दा तत्कालीन गृहमन्त्री रवि लामिछाने रवि लामिछानेले ‘राज्यको पनि करुण हुन्छ’ भनेका थिए । अहिले रवि भने सहकारी ठगी प्रकरणमा हिरासतमै छन् ।

Oct 31, 2024 - 12:39
 0
सुन तस्करी प्रकरणमा जेल परेका कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा

काठमाडौं । सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जेलबाट छुटेका छन् ।

अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी छुटेका हुन् । केन्द्रीय कारागार जगन्नाथ देवलबाट उनी १३ कात्तिकमा निस्किएका हुन् ।

राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले चार विभिन्न आधार र तथ्यको विश्लेषण गर्दा राहुल महरा विद्युतीय चुरोट (भेप)बाट सुन तस्करी गरेको घटनामा संलग्न देखिएको प्रारम्भिक निष्कर्ष निकाल्दै उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो ।

राहुलको मुद्दामा गत भदौमा फैसला भएपछि थुनामा थिए । न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए ।

पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ । त्यही दिन उनी रिहा भएको केन्द्रीय कारागार स्रोतले बताएको छ ।

बाबु कृष्णबहादुर महरा पनि सोही प्रकरणमा गत चैतमा पाँच दिनमा हिरासतमा बसेका थिए । त्यो बेलामा उनी छुट्दा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ‘राज्यको पनि करुण हुन्छ’ भनेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register