तिहारै आयो, लौ झिलिमिली… (तस्वीरहरू)

काठमाडौं । यमपञ्चकको दोस्रो दिन बिहीबार साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी लक्ष्मीपूजा मनाइएको छ । लक्ष्मीपूजाका लागि घरको सबै ठाउँ सफासुग्घर पारेर फूलहरूले सजाई साँझ दीपावली गर्दै लक्ष्मीको स्वागत गरिएको छ । लक्ष्मीलाई स्वागत गर्न मूल ढोकादेखि पूजाकोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो तथा अबीरले पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन […]

Oct 31, 2024 - 12:09
 0
तिहारै आयो, लौ झिलिमिली… (तस्वीरहरू)

काठमाडौं । यमपञ्चकको दोस्रो दिन बिहीबार साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी लक्ष्मीपूजा मनाइएको छ । लक्ष्मीपूजाका लागि घरको सबै ठाउँ सफासुग्घर पारेर फूलहरूले सजाई साँझ दीपावली गर्दै लक्ष्मीको स्वागत गरिएको छ ।

लक्ष्मीलाई स्वागत गर्न मूल ढोकादेखि पूजाकोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो तथा अबीरले पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

लक्ष्मीको स्वागतमा मूल ढोका सजाउँदै विभिन्न रङको मण्डल बनाएको पनि देखियो । लक्ष्मीपूजाको साँझ दीपावलीले काठमाडौं धपक्क बल्यो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register