क्यानडाले भारतलाई प्रतिबन्ध लगायो भने कसलाई बढी क्षति होला ? के समस्याको जड ट्रूडो नै हुन् ?

काठमाडौं । क्यानडा र भारतबीचको बढ्दो संकटको अन्त कहाँ हुनेछ, यसको अनुमान लगाउनु अहिले सजिलो छैन। क्यानडामा अर्को वर्ष अक्टोबरमा निर्वाचन हुँदैछ र यदि फेरि जस्टिन ट्रूडोले जिते भने भारतप्रति उनको दृष्टिकोण शायदै परिवर्तन हुनेछ। मङ्गलबार क्यानडाका विदेशमन्त्री मेलानी जोलीले कनाडासँग भारतविरुद्ध प्रतिबन्धको विकल्प पनि छ र यी सबै विकल्पहरू खुलेको बताएका छन्। क्यानडाका महत्त्वपूर्ण […]

Oct 18, 2024 - 04:17
 0
क्यानडाले भारतलाई प्रतिबन्ध लगायो भने कसलाई बढी क्षति होला ? के समस्याको जड ट्रूडो नै हुन् ?

काठमाडौं । क्यानडा र भारतबीचको बढ्दो संकटको अन्त कहाँ हुनेछ, यसको अनुमान लगाउनु अहिले सजिलो छैन।

क्यानडामा अर्को वर्ष अक्टोबरमा निर्वाचन हुँदैछ र यदि फेरि जस्टिन ट्रूडोले जिते भने भारतप्रति उनको दृष्टिकोण शायदै परिवर्तन हुनेछ।

मङ्गलबार क्यानडाका विदेशमन्त्री मेलानी जोलीले कनाडासँग भारतविरुद्ध प्रतिबन्धको विकल्प पनि छ र यी सबै विकल्पहरू खुलेको बताएका छन्।

क्यानडाका महत्त्वपूर्ण सिख नेताहरूले पनि भारतविरुद्ध प्रतिबन्धको माग गर्दै आएका छन्। तीमध्ये प्रमुख रूपमा न्यू डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह छन्, जसको भरमा लगभग चार वर्षसम्म जस्टिन ट्रूडोको सरकार चलिरहेको थियो। जगमीत सिंहले सेप्टेम्बरमा ट्रूडोलाई आफ्नो समर्थन फिर्ता लिएका थिए। तर भारतसँगको तनाव बढेपछि उनले फेरि जस्टिन ट्रूडोको साथमा देखिएका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्या भारतको सरकारसँग सम्बन्धित भएको बताएका थिए ।

निज्जरको हत्याको मामलामा कनाडाको दृष्टिकोणले भारतलाई धेरै रुष्ट बनाएको छ। नयाँ दिल्लीस्थित कनाडेली मिसनबाट भारतले छ जना कुटनीतिज्ञलाई निष्कासन गरिदिएको छ र क्यानडाबाट आफ्नो उच्चायुक्तसहितका अन्य कुटनीतिज्ञलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ। तर क्यानडाको दाबी छ कि उसले भारतका छ जना कुटनीतिज्ञलाई निष्कासन गरेको हो।

यदि क्यानडाले भारतको विरुद्ध प्रतिबन्ध लगायो भने कसलाई बढी क्षति होला ?

द्विपक्षीय सम्बन्ध कति प्रकाढ  ?

दुवै देशका सम्बन्धबारे नजिकबाट हेर्नेहरूले क्यानडा र भारतको सम्बन्ध पाकिस्तानसँगको भन्दा पनि नराम्रो भएको छ। अमेरिकी थिंक ट्यांक ‘द विल्सन सेन्ट’ का दक्षिण एसिया संस्थानका निर्देशक माइकल कुगलमैनको अनुसार, अहिले क्यानडासँग भारतको सम्बन्ध जुन स्तरमा पुगेको छ, त्यो भारतको पाकिस्तानसँगको सम्बन्धभन्दा पनि खराब अवस्थामा रहेको छ।

तर भारतका प्रसिद्ध सामरिक मामिलाका विज्ञ ब्रह्मा चेलानी यसमा सहमत छैनन्। चेलानीले अंग्रेजी समाचार च्यानल इंडिया टुडेमा एक कार्यक्रममा बिहीबार भने, ‘भारत र क्यानडाको सम्बन्ध भारत–पाकिस्तानका सम्बन्धभन्दा पनि नराम्रो भएको भन्नेमा म विल्कुलै विश्वास गर्दिन। क्यानडा र भारतका मानिसहरूको आपसी सम्पर्क अझै पनि धेरै गहिरो छ। भारत र क्यानडाबीचको व्यापार लगातार बढिरहेको छ। क्यानडाको व्यापार सरप्लस छ। पाकिस्तान र भारतमा त यति पनि छैन।’

त्यस्तै तन्वी मदान थिंक ट्यांक ब्रूकिंग्स संस्थानमा सीनियर फेलो हुन्। उनी पनि यो कुरामा सहमत छैनन् । भारतको क्यानडासँगको सम्बन्ध पाकिस्तानसँगको भन्दा नराम्रो भएको छ भन्ने उनलाई लाग्दैन।

तन्वी मदानले ब्रह्मा चेलानीको टिप्पणीको भिडियो क्लिप पुनः पोस्ट गर्दै लेखेकी छिन्, ‘धन्यबाद हो पाकिस्तानभन्दा खराब क्यानडा र भारतको सम्बन्ध छैन। पाकिस्तानमा १० लाख भारतीय छैनन्।’

लाखौं भारतीय विद्यार्थी क्यानडामा

क्यानडामा भारतबाट लाखौं विद्यार्थी अध्ययन गर्न जान्छन्। डिसेम्बर २०२३ मा भारतको विदेश मन्त्रालयको दस्तावेजका अनुसार क्यानडामा भारतका २ लाख ३० हजार विद्यार्थी अध्ययन गरिरहेका छन्। १८ लाख भारतीय क्यानडाका नागरिक हुन् र १० लाख भारतीय क्यानडामा बसोबास गर्दैछन्। क्यानडा ती देशहरूमा पर्दछ, जहाँ ठूलो संख्यामा भारतीय नागरिक बसोबास गर्छन्।

यस सन्दर्भमा भारतीयहरूको लागि क्यानडा महत्त्पूर्ण देश बन्नेछ। दुवै देशमा तनाव बढे भने यसको प्रत्यक्ष असर त्यहाँ रहेका भारतीयहरूमा पर्छ। क्यानडालाई भारतीय विद्यार्थीको आगमनले आर्थिक रूपमा फाइदा पुग्छ।

यदि क्यानडाले भारतमा प्रतिबन्ध लगायो भने दुवै देशका गहिरो आर्थिक सम्बन्धमा धक्का लाग्न सक्छ।

क्यानडाबाट भारतमा अर्वौ डलरमा लगानी भएको छ। क्यानडाका संस्थागत लगानीकर्ताहरूले भारतमा अहिलेसम्म ७५ अर्ब डलरको लगानी गरेका छन्। भारत एक उदीयमान अर्थव्यवस्था हो । भारतमा क्यानडाबाट विदैशिक लगानीआउने क्रम रोकिने छैन।

क्यानडाका ६०० भन्दा बढी कम्पनीहरूको भारतमा उपस्थिती छ र १००० भन्दा बढी कम्पनीहरू सक्रिय रूपमा भारतसँग व्यापार गर्दैछन्।

दोस्रो तर्फ, भारतीय कम्पनीहरू पनि क्यानडामा सक्रिय रूपमा आईटी, सफ्टवेयर, स्टील, प्राकृतिक स्रोत र बैंकिङ क्षेत्रमा काम गरिरहेका छन्।

व्यापारिक सम्बन्ध कसको पक्षमा ?

भारत मुख्य रूपमा क्यानडामा रत्न, गहना, महँगो ढुङ्गा, औषधिहरू, रेडिमेड कपडाहरू, जैविक रासायनिक पदार्थ र हल्का इन्जिनियरिङ वस्तुहरू निर्यात गर्दछ। अर्कोतर्फ, क्यानडाबाट भारतले दाल, न्यूजप्रिन्ट, वुड पल्प, एस्बेस्टस, पोटाश, आइरन स्क्र्याप, कपर, खनिज र औद्योगिक रासायनिक पदार्थ आयात गर्दछ।

नेशनल इन्वेस्टमेन्ट प्रमोशन एण्ड फेसिलिटेसन एजेन्सी (इन्वेस्ट इन्डिया) का अनुसार, भारतमा विदेशी लगानीकर्ताहरूमा क्यानडा १८ औं नम्बरमा छ। २०२०–२१ देखि २०२२–२३ मा क्यानडाको भारतमा कुल लगानी ३.३१ अर्ब डलर थियो। तर क्यानडाको यो लगानी भारतको कुल एफडीआईको आधा प्रतिशत मात्र हो।

समाचार एजेन्सी रोयटर्ससँग भारत सरकारको एक स्रोतले नाम सार्वजनिक नगर्ने शर्तमा भनेको छ –क्यानडाबाटको व्यापारी सम्बन्धको बारेमा हामी हाल चिन्तित छैनौं। कनाडासँग हाम्रो द्विपक्षीय व्यापार धेरै ठूलो छैन। क्यानडाबाट आएको लगानी भारतमा लगानी रिटर्नको आधारमा हुन्छ। भारतबाट उनीहरूलाई राम्रो रिटर्न प्राप्त भइरहेको छ, यसैले हामी यसको पनि चिन्ता गरिरहेका छैनौं।

भारत सरकारको वाणिज्य मन्त्रालयका अनुसार, पछिल्लो वित्तीय वर्षमा ३१ मार्चसम्म क्यानडा र भारतको द्विपक्षीय व्यापार ८.४ अर्ब डलरको थियो। यो पछिल्लो वित्तीय वर्षको तुलनामा थोरै बढी थियो। यसैबीच, क्यानडाका वाणिज्य मन्त्री म्यारि एनजीले भनेकी छिन् – म व्यापारिक समूहलाई आश्वस्त गर्न चाहन्छु कि हाम्रो सरकार भारतसँगको व्यापारिक सम्बन्धमा पूर्ण रूपमा प्रतिबद्ध छ।

ट्रूडो नै समस्याको जड ?

अगस्टमा क्यानडाले भारतमा २७.९ करोड डलरको निर्यात गर्यो र भारतबाट आयात ३२.४ करोड डलरको गर्यो। यो गत वर्षको अगस्ट महिनाको तुलनामा १४ प्रतिशतको वृद्धि हो।

अजय बिसारिया २०२० देखि २०२२ सम्म क्यानडामा भारतका उच्चायुक्त थिए। उनले अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्ससँग भने –मलाई लाग्दैन कि व्यापार र लगानीमा असर पर्नेछ। भारतका लागि समस्या ट्रूडो हुन् न कि क्यानडा। दुवै देश यस मामलामा स्पष्ट छन् । व्यापार, भिसा र दुवै देशका नागरिकहरूको आपसी सम्पर्कमा कुनै अवरोध आउनु हुँदैन।

मार्च २०२२ मा दुवै देशबीच मुक्त व्यापार सम्झौताबारे पनि कुरा सुरु भएको थियो। गत वर्षसम्म यसमा दुवै देशबीच नौ चरणको वार्ता भएको थियो तर अहिले यो वार्ता रोकिएको छ।

तर कुरा केवल व्यापारको मात्र होइन। लोकतन्त्रमा निर्वाचन जित्नका लागि बढी मतको आवश्यकता हुन्छ र मत बैंकको राजनीतिमा समुदायहरूको भावना ध्यानमा राख्नुपर्छ।

क्यानडामा सिख २०२१ मा २.१ प्रतिशत थिए। यीहरूको जनसंख्या २००१ देखि २०२१ सम्म ०.९ प्रतिशतले वृद्धि भएको छ। सिखहरूको आधीभन्दा बढी जनसंख्या टोरंटो र वैंकुवरमा बस्छ। यी क्षेत्रहरूमा सिख मत बैंक महत्त्वपूर्ण छ। भारतले भनेको छ – ट्रूडो राजनीतिक एजेन्डाअन्तर्गत क्यानडामा खालिस्तान समर्थकहरूको प्रवर्द्धन गर्दैछन्। (बिबिसीमा आधारित रिपोर्ट)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register