वाग्मती प्रदेशस्तरीय पञ्चा∙ निर्णायक समिति गठन गर्न माग

 ललितपुर। राष्ट्रिय संवत्को रुपमा मान्यता पाएको नेपाल संवत् नयाँ वर्ष मनाउने अभियानले सर्वसाधारणमाझ सांस्कृतिक चेतना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। बौद्ध युवा कमिटी र ललितपुर महानगरपालिका– १६ ले नेपाल संवत् ११४५ नयाँ वर्षको अवसरमा नागबहालमा आयोजित नेपाल संवत् र सांस्कृतिक जागरण विषयक अन्तरक्रिया कार्यक्रमा सम्बद्ध वक्ताहरुले सो कुरा बताएका हुन्। […]

Nov 1, 2024 - 08:50
 0
वाग्मती प्रदेशस्तरीय पञ्चा∙ निर्णायक समिति गठन गर्न माग

 ललितपुर।

राष्ट्रिय संवत्को रुपमा मान्यता पाएको नेपाल संवत् नयाँ वर्ष मनाउने अभियानले सर्वसाधारणमाझ सांस्कृतिक चेतना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

बौद्ध युवा कमिटी र ललितपुर महानगरपालिका– १६ ले नेपाल संवत् ११४५ नयाँ वर्षको अवसरमा नागबहालमा आयोजित नेपाल संवत् र सांस्कृतिक जागरण विषयक अन्तरक्रिया कार्यक्रमा सम्बद्ध वक्ताहरुले सो कुरा बताएका हुन्।

सो कार्यक्रमको उद्घाटन गर्दै वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नेपाल संवत् नेपालको मौलिक र संस्कृति र परम्परासँग अन्योन्याश्रित रुपमा जोडिएको उल्लेख गर्दै यसलाई मनाउने वा व्यापक बनाउने सांस्कृतिक संरक्षणमा  सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे। मन्त्री महर्जनले सम्पदा, संस्कृति, परम्परागत बाजागाजाको संरक्षणमा लाग्ने गुरु, कलाकारहरुलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा खाँचो औल्याउँदै यस विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए।  वाग्मती प्रदेशस्तरमा चाडपर्व मनाउनेमा एकरुपता ल्याउन प्रदेशस्तरीय पञ्चां∙ निर्णायक समिति बनाउने प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको पनि मन्त्री महर्जनको भनाई थियो।

सो अवसरमा भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले नेपाल संवत् राष्ट्रिय संवत् भनेर नारा लगाउँदै ४५ वर्षदेखि बृहत् रुपमा र निरन्तर रुपमा चलिरहेको भिन्तुना आन्दोलनले राजनीतिकसंगै सांस्कृतिक र भाषिक आन्दोलनमा महत्त्वपूर्ण टेवा पु¥याएको बताए । २०३७ सालको जनमत संग्रहको निर्वाचनमा सुधारिएको पञ्चायतले जितेको शून्यताको अवस्थामा नेपाल संवत्को भिन्तुना आन्दोलनसंग बहुदलीय पक्षहरुको राजनीतिक आन्दोलन जोडिएको उल्लेख गर्दै उनले भने ‘ यो आन्दोलनमा राजनीतिक विद्रोह लुकेको छ । सांस्कृतिक चेतना जातीय र भाषिक समानताको धारा मिश्रित रहेको छ । यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्दछ ।’ नेपाल संव्तको नयाँ वर्ष भाषा, जाति, संस्कृति  र भेषभूषाप्रति आत्मीय भाव जगाउने दिनका रुपमा मनाउँदै आएकोले यसले सांस्कृतिक जागरणमा टेवा पु¥याएको पनि आयोगका सदस्य मानन्धरको कथन रहेको छ ।

सो अवसरमा गुठी संस्थान केन्द्रीय कार्यालयका निवर्तमान प्रशासक किरण शाक्यले चाडपर्वमा देखिएको तिथिमितिको विवादभित्र राजनीतिक विषय पनि लुकेको दाबी गर्दै तत्कालका लागि वाग्मती प्रदेशभित्र चाडपर्व मनाउनेमा एकरुपता ल्याउन प्रदेशस्तरीय पंञ्चा∙ निर्णायक समिति गठन गर्नुपर्नेमा प्रदेशको सरकारको ध्यानाकर्षण गराएँ  । नेपाल भाषा मंका खलः ललितपुरका पूर्वअध्यक्ष समेत रहेका शाक्यले नेपाल संवत्ले राष्ट्रिय मान्यता अनुरुप यसको प्रयोग आधिकारिक रुपमा व्यापक बनाउन संवत् सम्बन्धी नीति बनाउन सरकार समक्ष माग गरे।

कार्यक्रममा वडाअध्यक्ष निर्मलरत्न शाक्यले नेपाल संवत्ले महत्त्व र विशेषताबारे सर्वसाधारणलाई सुसूचित गर्न सो अन्तरक्रिया कार्यक्रम राखिएको बताए । वडाले गर्दै आएको सांस्कृतिक संरक्षणका विषयलाई सो कार्यक्रमले थप टेवा पु¥याउने पनि वडाअध्यक्ष शाक्यको विश्वास थियो।

सो अवसरमा बौद्ध युवा कमिटी ललितपुरका पूर्व अध्यक्ष सुनील महर्जनले एउटा आन्दोलन र अभियानको रुपमा शुरु भएको भिन्तुना आन्दोलनले पारेको प्रभावबारे विश्लेषण गरी नेपाल संवत्को महत्त्व युवापुस्तामाझ पु¥याउन छलफल उपयोगी रहेको धारणा राखे।

कमिटीका अध्यक्ष सतिश शाक्यले नेपालकै नाउँमा विश्वको एक मात्र संवत्को प्रचारप्रसारले युवापुस्तामाझ राष्ट्रिय भावना वृद्धि गर्न टेवा पु¥याउने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register