रामेछापका दुई युवक सप्तकोशीमा बेपत्ता, सीसीटीभीमा देखियो बगाएको

काठमाडौं । सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका रामेछापका दुई युवक अझै फेला परेका छैनन् । मन्थली नगरपालिका-१२ का २३ वर्षीय सागर खड्का र १७ वर्षका सेवक खड्का कार्त्तिक १४ गते बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार कात्तिक १४ गते बिहान ८ः५० बजे सप्तकोशी नदीको बगरमा झोला राखेर पौडी खेल्न पसेका थिए […]

Nov 5, 2024 - 07:57
 0
रामेछापका दुई युवक सप्तकोशीमा बेपत्ता, सीसीटीभीमा देखियो बगाएको

काठमाडौं । सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका रामेछापका दुई युवक अझै फेला परेका छैनन् ।

मन्थली नगरपालिका-१२ का २३ वर्षीय सागर खड्का र १७ वर्षका सेवक खड्का कार्त्तिक १४ गते बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार कात्तिक १४ गते बिहान ८ः५० बजे सप्तकोशी नदीको बगरमा झोला राखेर पौडी खेल्न पसेका थिए ।

पौडी खेल्ने क्रममा उनीहरुलाई बगाएको हो । बराहक्षेत्रस्थित सप्तकोशी किनारमा उनीहरूका झोला र नागरिकता फेला परेको छ । सोही आधारमा उनीहरुको पहिचान भएको हो ।

सीसीटीभी फुटेजमा दुबै युवक पौडी खेल्दै गरेको र केही तल पुगेपछि नदीमै बेपत्ता भएको देखिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको प्रदेश विपद् व्यवस्थापन गोताखोर टोलीले बोटदेखि राजाबाससम्म खोजी गरे पनि फेला पार्न सकेको छैन । कोशी ब्यारेजसँग समन्वय गरेर भारततर्फका प्रहरीसँग पनि समन्वय गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register