स्वीङ स्टेटमा को अगाडि ?

काठमाडौं । अमेरिकाको अर्को राष्ट्रपति चयनका लागि मतगणना जारी छ । अधिकांश स्वीङ स्टेटमा डोनाल्ड ट्रम्प अगाडि छन् । ट्रम्पले उत्तरी क्यारोलिना जितेका छन् र जर्जिया र पेन्सिलभेनियामा पनि जित्न सक्ने अनुमान छ । यी राज्यहरूमा अधिकांश मतगणना सकिएको छ । योसँगै एरिजोना र विस्कन्सिन राज्यमा ट्रम्प आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसभन्दा अलि अगाडि छन् । […]

Nov 6, 2024 - 06:15
 0
स्वीङ स्टेटमा को अगाडि ?

काठमाडौं । अमेरिकाको अर्को राष्ट्रपति चयनका लागि मतगणना जारी छ । अधिकांश स्वीङ स्टेटमा डोनाल्ड ट्रम्प अगाडि छन् ।

ट्रम्पले उत्तरी क्यारोलिना जितेका छन् र जर्जिया र पेन्सिलभेनियामा पनि जित्न सक्ने अनुमान छ । यी राज्यहरूमा अधिकांश मतगणना सकिएको छ ।

योसँगै एरिजोना र विस्कन्सिन राज्यमा ट्रम्प आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसभन्दा अलि अगाडि छन् । यी दुई राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।

यसैबीच मिशिगनमा कमला ह्यारिस ट्रम्पभन्दा अगाडि छिन् । यहाँ अहिलेसम्म ३२ प्रतिशत मात्र मतगणना सकिएको छ । यीमध्ये कुनै पनि राज्यको अन्तिम नतिजा अझै सार्वजनिक भएको छैन ।

अमेरिकामा केही राज्यलाई रिपब्लिकन पार्टीको गढ मानिन्छ भने केहीलाई डेमोक्रेटिक पार्टीको गढ मानिन्छ ।

तर, केहि राज्यहरू छन्, जहाँ जीत वा हार भविष्यवाणी गर्न गाह्रो छ । यसपटक पनि सातवटा स्वीङ स्टेटले नयाँ राष्ट्रपति को बन्नेछ भनेर निर्णायक भूमिका खेल्नेछ ।

यी स्वीङ राज्यहरूको नाम एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register