झापाको कनकाई नदीमा छठ पूजाको भव्य तयारी

कनकाई, २१ कात्तिक । झापाको धार्मिक तथा पर्यटकीय स्थल कनकाई माई नदीको किनारमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कनकाई छठ सेवा समाजले कनकाई माई नदी किनारमा प्रत्येक बर्ष आयोजना गर्दै आएको छठ पूजालाई यस बर्षपनि निरन्तरता दिएको हो । श्री कनकाई छठ सेवा समाजले आज सुरुङ्गादेखि कनकाई माई नदीसम्म सरसफाई [...] The post झापाको कनकाई नदीमा छठ पूजाको भव्य तयारी appeared first on Jhapa Online.

Nov 6, 2024 - 10:34
 0
झापाको कनकाई नदीमा छठ पूजाको भव्य तयारी

कनकाई, २१ कात्तिक । झापाको धार्मिक तथा पर्यटकीय स्थल कनकाई माई नदीको किनारमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कनकाई छठ सेवा समाजले कनकाई माई नदी किनारमा प्रत्येक बर्ष आयोजना गर्दै आएको छठ पूजालाई यस बर्षपनि निरन्तरता दिएको हो ।

श्री कनकाई छठ सेवा समाजले आज सुरुङ्गादेखि कनकाई माई नदीसम्म सरसफाई कार्यक्रम गरेको थियो । समाजको अगुवाईमा भएको सरसफाई कार्यक्रम कनकाईका बिभिन्न सामाजिक संघरसंस्थाको समेत सहभागीता रहेको थियो । आज बिहान ८ बजेदेखि शुरु भएको सरसफाई कार्यक्रम १० बजे पूजा स्थलमा पुगेर समापन भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/jhapaonlineportal/videos/591903469911122

यस बर्षको छठ पूजाका लागि ७० वटा घाट निर्माण गरिएको समाजका अध्यक्ष बिजयकुमार शर्माले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएकाका लागि निःशुल्क पन्डालको ब्यवस्थासमेत गरिएको उनले बताए । यस बर्ष सवै पन्डालमा बिद्युतिय बत्तिसमेत जडान गरिने उनले बताए । उनका अनुसार छठ पूजामा १५ हजारबढी भक्तजनहरुको उपस्थिति रहनेछ ।

समाजका महासचिव रबिन्द्र गुप्ताले छठ पूजाका लागि कनकाई नगरले यस बर्ष ठूलो सहयोग गरेको बताए । उनले अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष धेरै सहयोग गरेको बताएका हुन् । भोली बिहीवार २ बजेबाट सुरुङ्गा बजारबाट बिभिन्न जातीको झाँकीसहित पूजा स्थलसम्म र्याली गरिने उनले बताए ।

छठ पूजाका संयोजक श्याम पञ्जियारले भोली रातभर जाग्राम बसिने बताउँदै बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताए । पूजा सम्पन्न गर्न करिव ६ लाख रुपैयाँ खर्च हुने आयोजक समितिले अनुमान गरेको छ ।

The post झापाको कनकाई नदीमा छठ पूजाको भव्य तयारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register