शुक्रबार नारायणहिटी दरबारअगाडि एमालेको सभा, हुनेछन् यी बाटो बन्द

दरबारमार्गमा नारायणहिटी संग्राहलय अगाडि सभा हुने छ । पूर्वमा जयनेपाल हलदेखि तल र ठमेलतर्फ केशरबहलबाट माथि दरबारमार्गतर्फ बाटो बन्द हुने छ । जमलबाट दरबारमार्गतर्फ जाने बाटो पनि बन्द हुने छ । यी बीचमा एमालेको कार्यक्रम हुने छ ।

Nov 21, 2024 - 12:23
 0
शुक्रबार नारायणहिटी दरबारअगाडि एमालेको सभा, हुनेछन् यी बाटो बन्द

काठमाडौं । जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको सत्तारुढ नेकपा एमालेले भोलि ‘शक्ति प्रदर्शन’ गर्दैछ ।

अराजकतावादीले जबरजस्ती निराशा छर्न खोजेका र देशमा केही भएको छैन सन्देश दिन ‘जागरण सभा’ कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले भनाइ छ ।
एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ ।

जागरणसभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उपत्यकाको ३ जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्‍याउने दाबी गरे ।

भट्टराई कम्बोडिया गएपछि एमाले बाग्मती अध्यक्ष कैलाश ढुगेल जागरणसभाका संयोजक भएका छन् ।

जुलुस साढे ११ बजेबाट सुरु भई १२ बजे सभामा परिणत हुने बताइएको छ । भद्रकालीबाट सुरु हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुनेछ । दरबारमार्गमा नारायणहिटी संग्राहलय अगाडि सभा हुने छ ।

पूर्वमा जयनेपाल हलदेखि तल र ठमेलतर्फ केशरबहलबाट माथि दरबारमार्गतर्फ बाटो बन्द हुने छ । जमलबाट दरबारमार्गतर्फ जाने बाटो पनि बन्द हुने छ । यी बीचमा एमालेको कार्यक्रम हुने छ । कार्यक्रममा सयौँ जना स्वयम्सेवक खटिने छन् ।

जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्वनिर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या हुने देखिन्छ । सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडकमात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ ।
सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register