कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेका छन् । मकै र गँहुबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सीआईएमएमआईटी)ले आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उी त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । मन्त्री अधिकारी मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफलबाट नेपाल सरकार र […]

Nov 7, 2024 - 00:09
 0
कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेका छन् ।

मकै र गँहुबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सीआईएमएमआईटी)ले आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उी त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकारी मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौताअनुरूपका अनुसन्धान तथा विकास क्रियाकलाप र संयुक्त कार्यक्रमको योजना तयार गरिनेछ ।

मन्त्री अधिकारीले मेक्सिकोको कृषिसम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन् । उनले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशकअनुरूपका क्रियाकलापमा टेवा पुग्ने विश्वास लिइएको छ ।

मन्त्री अधिकारीका साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोशन अधिकारीलगायत छन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register