जम्मु कश्मीर विधान सभामा विधायकहरूबीच झडप

काठमाडौं । बिहीबार जम्मु कश्मीर विधानसभाको सत्रमा विधायकहरूबीच झडप भएको छ । सत्तारुढ दल र विपक्षी दल भाजपाका विधायकहरूले एकअर्काको कलर समातेर एकअर्कालाई धकेलेका हुन् । सदनमा हंगामा भएपछि संसद्को बैठक पहिले २० मिनेट र त्यसपछि दिनभरका लागि स्थगित भएको छ । वास्तवमा लङ्गेटका विधायक खुर्शीद अहमद शेखले सदनमा धारा ३७० खारेजीको ब्यानर फहराएका थिए । ब्यानरमा […]

Nov 7, 2024 - 06:15
 0
जम्मु कश्मीर विधान सभामा विधायकहरूबीच झडप

काठमाडौं । बिहीबार जम्मु कश्मीर विधानसभाको सत्रमा विधायकहरूबीच झडप भएको छ । सत्तारुढ दल र विपक्षी दल भाजपाका विधायकहरूले एकअर्काको कलर समातेर एकअर्कालाई धकेलेका हुन् ।

सदनमा हंगामा भएपछि संसद्को बैठक पहिले २० मिनेट र त्यसपछि दिनभरका लागि स्थगित भएको छ ।

वास्तवमा लङ्गेटका विधायक खुर्शीद अहमद शेखले सदनमा धारा ३७० खारेजीको ब्यानर फहराएका थिए । ब्यानरमा लेखिएको थियो, ‘हामी धारा ३७० र ३५ए पुनर्स्थापना र सबै राजनीतिक बन्दीहरूको रिहाइ चाहन्छौं ।’

त्यसपछि भाजपा विधायक तथा विपक्षी नेता सुनील शर्माले यसको विरोध गरे । नारा लगाउन थाले । भाजपा विधायकहरूको विरोधको सिलसिला यहाँ रोकिएन । उनीहरुले अहमद शेखको हातबाट ब्यानर खोसे ।

यस क्रममा शेखको समर्थनमा सज्जाद लोन र वाहिद पारा र नेशनल कन्फरेन्सका केही विधायकहरू उत्रिएपछि भाजपाका विधायकहरूसँग झडप भएको हो ।

मार्शलहरूले आरएस पठानिया लगायत भाजपाका धेरै विधायकहरूलाई सदनबाट बाहिर निकालेका छन् । झडपमा ३ जना विधायक घाइते भएका छन् ।

झडपपछि पनि भाजपाका विधायकहरूले ‘विशेष दर्जाको प्रस्ताव फिर्ता लिनुहोस्’को नारा लगाएका थिए । त्यसपछि सभामुखले भनेका थिए, ‘यो सभा हो, माछा बजार होइन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register