सलमानपछि शाहरूख खानलाई पनि ज्यान मार्ने धम्की

काठमाडौं । बलिउड अभिनेता सलमान खानपछि अब शाहरूख खानलाई पनि ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार मोबाइलमा धम्की आएपछि शाहरूखले प्रहरीमा उजुरी दिएका छन् । मुम्बई प्रहरीले उजुरी पाएलगत्तै यस विषयमा अनुसन्धान सुरु गरेको छ । एएनआई रिपोर्टका अनुसार धम्की दिने ती अज्ञात व्यक्तिविरूद्ध भारतीय दण्ड संहिता (बीएनएस)को धारा ३०४ (४), ३५१ (३) अन्तर्गत […]

Nov 7, 2024 - 08:51
 0
सलमानपछि शाहरूख खानलाई पनि ज्यान मार्ने धम्की

काठमाडौं । बलिउड अभिनेता सलमान खानपछि अब शाहरूख खानलाई पनि ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार मोबाइलमा धम्की आएपछि शाहरूखले प्रहरीमा उजुरी दिएका छन् ।

मुम्बई प्रहरीले उजुरी पाएलगत्तै यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

एएनआई रिपोर्टका अनुसार धम्की दिने ती अज्ञात व्यक्तिविरूद्ध भारतीय दण्ड संहिता (बीएनएस)को धारा ३०४ (४), ३५१ (३) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

जुन नम्बरबाट धम्की दिइएको छ, त्यो नम्बर छत्तीसगढका फैजान नामका व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ । नम्बर ट्रेस गर्ने बित्तिकै मुम्बई पुलिस रायपुर पुगेको छ ।

खबरलाई विश्वास गर्ने हो भने धम्की दिने व्यक्तिले शाहरूख खानसँग ५ करोड रूपैयाँ फिरौती मागेका छन् । धम्की पाएपछि शाहरूखको घर मन्नत बाहिर सुरक्षा बढाइएको छ ।

सन् २०२३ मा फिल्म पठान र जवानको सफलतापछि शाहरूख खानलाई लगातार धम्की आइरहेको थियो । जब उजुरी दर्ता भयो, सुरक्षाको कारणले उनलाई वाई प्लस सुरक्षा दिइएको थियो । त्यसयता शाहरूख कडा सुरक्षाका साथ जताततै जान्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register