छठ मनाउन गुहेश्वरी पुगे राष्ट्रपति पौडेल (तस्विरहरु)

काठमाडौँ । गुहेश्वरी पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले छठी माईको पूजा गरेका छन् । छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर उनले पुजा गरेका हुन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबार देखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव […]

Nov 7, 2024 - 11:09
 0
छठ मनाउन गुहेश्वरी पुगे राष्ट्रपति पौडेल (तस्विरहरु)

काठमाडौँ । गुहेश्वरी पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले छठी माईको पूजा गरेका छन् । छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर उनले पुजा गरेका हुन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबार देखि शुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register