काठमाडौँमा नवौँ युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै 

काठमाडौँ । नवौँ युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ आयोजना हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यामिक विद्यालयको संयुक्त आयोजनामा सम्मेलन आयोजना हुने भएको हो ।  सम्मेलन सन् डिसेम्बर २७ र २८ मा काठमाडौँको कमलादीस्थित युनिग्लोब माध्यामिक विद्यालयको प्राङ्गण कमलादीमा हुनेछ ।  उक्त सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक […]

Nov 12, 2024 - 04:17
 0
काठमाडौँमा नवौँ युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै 

काठमाडौँ । नवौँ युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ आयोजना हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यामिक विद्यालयको संयुक्त आयोजनामा सम्मेलन आयोजना हुने भएको हो । 

सम्मेलन सन् डिसेम्बर २७ र २८ मा काठमाडौँको कमलादीस्थित युनिग्लोब माध्यामिक विद्यालयको प्राङ्गण कमलादीमा हुनेछ । 

उक्त सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न ५ विद्यामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् । जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ् र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधिजस्ता विषय समावेश रहेका छन् । 

परियोजनाको चयन गर्दा नवीन वैज्ञानिक प्रविधि र प्रयोगलाई आधार बनाइने जनाइएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’ उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औँ एशिया प्यासिफिक कन्फरेन्समा सहभागिता जनाउनको लागि आवेदन दिन योग्य मानिनेछ । 

यसबाहेक छानिएका युवा वैज्ञानिकहरूले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको सहयोग र वैज्ञानिक मार्गदर्शनमा वैज्ञानिक समुदायमा आफ्नो क्षमता विस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङमा पहुँच प्राप्त गर्न सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register