रुपन्देहीको मुझानाबाट ११२ बोरा चिनी बरामद, सशस्त्र प्रहरी र राजस्व टोलीमाथि ढुंगामुढा प्रहार

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कार्तिक २२ गते सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धान कार्यालयको टोलीले ११२ बोरा चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याइ गोदाम गरी राखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको सशस्त्रको राजस्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो । बरामद चिनी […]

Nov 8, 2024 - 07:33
 0
रुपन्देहीको मुझानाबाट ११२ बोरा चिनी बरामद, सशस्त्र प्रहरी र राजस्व टोलीमाथि ढुंगामुढा प्रहार

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कार्तिक २२ गते सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धान कार्यालयको टोलीले ११२ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याइ गोदाम गरी राखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको सशस्त्रको राजस्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो ।

बरामद चिनी राजस्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भीडले बाटो अवरुद्ध गरी ढुंगामुढासमेत प्रहार गरेको सशस्त्रका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

सो लगत्तै सशस्त्रको नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको ७० जनाको टोलीले भीडलाई तितरबितर पारी बरामद चिनी राजस्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाएको छ ।

उक्त भीडले ढुंगामुढा गर्दा दुईजना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्रको सुरक्षा वेश लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register