पाकिस्तानको लाहोरमा प्रदूषणको कहर, विद्यालयसहित सार्वजनिक स्थानमा प्रतिबन्ध

काठमाडौँ ।  पाकिस्तानको पन्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र सङ्ग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । पन्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ । यसका साथै नोभेम्बर १७ सम्म सबै विद्यालय र कलेज बन्द गरिएको छ । लाहोरमा बिहीबार सहरको वायु गुणस्तर सूचक पनि एक […]

Nov 9, 2024 - 05:38
 0
पाकिस्तानको लाहोरमा प्रदूषणको कहर, विद्यालयसहित सार्वजनिक स्थानमा प्रतिबन्ध

काठमाडौँ ।

 पाकिस्तानको पन्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र सङ्ग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

पन्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ । यसका साथै नोभेम्बर १७ सम्म सबै विद्यालय र कलेज बन्द गरिएको छ ।

लाहोरमा बिहीबार सहरको वायु गुणस्तर सूचक पनि एक हजारको खतरनाक स्तर नाघेको थियो भने शनिवार बिहानसम्म पनि वायु गुणस्तर सूचक ७२३ रहेको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक स्थलमा अनावश्यक रूपमा बाहिर निस्कन निषेध गरेको छ ।

पन्जाब सरकारले शुक्रवार जारी गरेको आदेशमा लाहोर, गुर्जनवाला, फैसलाबाद, मुल्तान, शेखुपुरा र अन्य १२ सहरहरूमा यो प्रतिबन्ध नोभेम्बर १७ सम्म लागू रहने बताइएको छ । सरकारले विद्यालय र कलेज बन्द गरिसकेको छ । लाहोर सहित १८ जिल्लाका सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्न भनिएको छ ।

पन्जाब सरकारले गत हप्ता मात्र धुवाँको बारेमा चिन्ता व्यक्त गरेको थियो । यसबाहेक लाहोरका धेरै क्षेत्रमा ग्रीन लकडाउन पनि लागू गरिएको थियो । 

पाकिस्तानको पन्जाब सरकारले गत वर्ष डिसेम्बर २०२३ मा यूएईको सहयोगमा धुवाँ नियन्त्रण गर्न एउटा प्रयोग गरेको थियो । विश्वको सबैभन्दा प्रदूषित सहर मध्येको एक लाहोरमा कृत्रिम वर्षा गराइएको थियो । यसमा क्लाउड सिडिङ प्रयोगका कारण करिब १० प्रतिशत क्षेत्रमा पानी परेको थियो । तर यो विकल्पले धेरै दिन काम गरेन र २–३ दिनपछि फेरी वायु प्रदूषणको स्तर बढेको थियो ।

पाकिस्तान सरकारले फेरि एक पटक कृत्रिम वर्षा दिने योजना बनाएको छ। तर लागत धेरै उच्च हुने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register