कांग्रेस, एमाले र माओवादी केन्द्रले टुंग्याए हेटौंडा-१२ को वडाध्यक्ष उम्मेदवार

काठमाडौं । तीन ठूला दलले आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका-१२ बाट उठ्ने उम्मेदवारको टुंगो लगाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका हुन् । जसअनुसार कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए । यस्तै, एमालेले युवा […]

Nov 9, 2024 - 08:39
 0
कांग्रेस, एमाले र माओवादी केन्द्रले टुंग्याए हेटौंडा-१२ को वडाध्यक्ष उम्मेदवार

काठमाडौं । तीन ठूला दलले आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका-१२ बाट उठ्ने उम्मेदवारको टुंगो लगाएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका हुन् ।

जसअनुसार कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।

यस्तै, एमालेले युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका राजेश नगरकोटीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

र, माओवादी केन्द्रले रविन प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रदेश उपाध्यक्ष तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीले जानकारी दिए ।

उक्त वडाका अध्यक्ष विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उपनिर्वाचन हुन लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register