‘ढुकढुकी ७२ मेघाहर्ज’ : सन्तान प्राप्तिको चाहना र जटिलता (तस्वीरहरू)

काठमाडौं । मण्डला थिएटरमा केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा तयार गरिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु भएको छ । दयाहाङ राईको निर्माण एवम् मण्डला थिएटरको प्रस्तुति रहेको नाटकमा दम्पत्तीको सन्तान प्राप्तिको चाहना र त्यससँगै आएका जटिलतालाई समेटिएको छ । नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ले मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको […]

Nov 9, 2024 - 10:27
 0
‘ढुकढुकी ७२ मेघाहर्ज’ : सन्तान प्राप्तिको चाहना र जटिलता (तस्वीरहरू)

काठमाडौं । मण्डला थिएटरमा केदार श्रेष्ठको परिकल्पना, लेखन र निर्देशनमा तयार गरिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु भएको छ ।

दयाहाङ राईको निर्माण एवम् मण्डला थिएटरको प्रस्तुति रहेको नाटकमा दम्पत्तीको सन्तान प्राप्तिको चाहना र त्यससँगै आएका जटिलतालाई समेटिएको छ ।

नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ले मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छ ।

कलाकारहरू मेनुका प्रधान र कार्म शाक्य अभिनित नाटक यही मङ्सिर १६ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५:३० बजे र शनिबार १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्येको यो एक नाटक हो । यसअघि प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ र अनिल सुब्बा निर्देशित ‘मेषीदण्ड’ नाटक मञ्चन भइसकेको छ ।

तस्वीरहरु-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register