अमेरिकाका सबै राज्यको नतिजा सार्वजनिक, स्विङ स्टेटमा ट्रम्पको क्लिन स्विप

काठमाडौं । अमेरिकाको राष्ट्रपतीय चुनावमा सबै राज्यका इलेक्ट्रोरल कलेजको नतिजा सार्वजनिक भएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको अन्तिम स्विङ स्टेट एरिजोनामा पनि जित हासिल गरेका छन् । यससँगै उनले सबै ७ स्विङ स्टेटमा जितेका छन् । ४ दिनको मतगणना पश्चात रिपब्लिकन पार्टीका ट्रम्पले ३१२ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् । डेमोक्रेट्स पार्टीका कमला ह्यारिसले […]

Nov 10, 2024 - 07:28
 0
अमेरिकाका सबै राज्यको नतिजा सार्वजनिक, स्विङ स्टेटमा ट्रम्पको क्लिन स्विप

काठमाडौं । अमेरिकाको राष्ट्रपतीय चुनावमा सबै राज्यका इलेक्ट्रोरल कलेजको नतिजा सार्वजनिक भएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको अन्तिम स्विङ स्टेट एरिजोनामा पनि जित हासिल गरेका छन् ।

यससँगै उनले सबै ७ स्विङ स्टेटमा जितेका छन् । ४ दिनको मतगणना पश्चात रिपब्लिकन पार्टीका ट्रम्पले ३१२ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् ।

डेमोक्रेट्स पार्टीका कमला ह्यारिसले भने २२६ इलेक्टोरल भोट प्राप्त गरिन् । अमेरिकाको राष्ट्रपति चुनावमा कुल ५३८ इलेक्टोरल भोट निर्धारण गरिएको थियो ।

बहुमतका लागि २७० भोट आवस्यक भए पनि ट्रम्पले त्योभन्दा निकै धेरै ल्याएका हुन् । उनले विगतमा रिपब्लिकनले जितिरहेका राज्यसँगै अघिल्लो पटक बाइडनले जितेका ६ वटा राज्य पनि खोसेका छन् ।

यसैबीच बुधबार ओभल अफिसमा ट्रम्प र राष्ट्रपति जो बाइडनबीच शिष्टचार भेट हुने तालिका रहेको छ । चुनावपछि ट्रम्प र बाइडनको यो पहिलो भेट हुनेछ ।

निवर्तमान र नवनिर्वाचित राष्ट्रपतिहरू बीचको बैठकलाई परम्परागत मानिदै आएको छ ।

बाइडनले ट्रम्पलाई बोलाए ह्वाइट हाउस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register