अमेरिकामा ड्रागन च्याम्पियनसिपमा भूपेन्द्रले जिते २ रजत

अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् ।

Nov 10, 2024 - 08:16
 0
अमेरिकामा ड्रागन च्याम्पियनसिपमा भूपेन्द्रले जिते २ रजत

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् ।

ट्रेडिसनल चाइनिज मार्सल आटर््स फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको बताइएको छ ।

भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् ।

उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

सन् २०२२ मा भुपेन्द्रले भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register