सेयर बजारमा उछाल, कारोबार रकम पनि ह्वात्तै बढ्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६२ दशमलव ५४ अंकले बढेर २७३८ दशमलव ०६ को विन्दुमा पुगेको छ । आइतबार ३२५ कम्पनीका १ लाख ५ सय ५१ पटकको कारोबारमा २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Nov 10, 2024 - 09:46
 0
सेयर बजारमा उछाल, कारोबार रकम पनि ह्वात्तै बढ्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६२ दशमलव ५४ अंकले बढेर २७३८ दशमलव ०६ को विन्दुमा पुगेको छ ।

आइतबार ३२५ कम्पनीका १ लाख ५ सय ५१ पटकको कारोबारमा २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ रहेको छ ।

आज २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटा घटेको छ । त्यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै हरियाली हुँदा गुराँस लघुवित्त, सृजनशील लघुवित्त, सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्

। त्यस्तै, आज सानिमा जीआइसी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register