जनप्रतिनिधिको अवलोकन भ्रमणका लागि पहिलो रोजाई बन्दै कनकाई

चन्द्र बस्नेतकनकाई, १ पुस । जनप्रतिनिधिहरुको अवलोकन भ्रमणका लागि झापाको कनकाई नगरपालिका पहिलो रोजाई बन्दै गएको पाइएको छ । झापा जिल्लाको मध्य भागमा रहेको कनकाई नगरपालिकाको छुट्टै पहिचान रहेको छ । साविक सुरुङ्गा र घैलाडुब्बा गाविस मिलेर बनेको कुल नौ वटा वडा रहेको कनकाई हरेक पक्षमा देश–विदेशसम्म चर्चा कमाएको नगर बन्द निषेधित, धार्मिक एवम् पर्यटकीय [...] The post जनप्रतिनिधिको अवलोकन भ्रमणका लागि पहिलो रोजाई बन्दै कनकाई appeared first on Jhapa Online.

Dec 16, 2024 - 14:00
 0
जनप्रतिनिधिको अवलोकन भ्रमणका लागि पहिलो रोजाई बन्दै कनकाई

चन्द्र बस्नेत
कनकाई, १ पुस ।
जनप्रतिनिधिहरुको अवलोकन भ्रमणका लागि झापाको कनकाई नगरपालिका पहिलो रोजाई बन्दै गएको पाइएको छ ।

झापा जिल्लाको मध्य भागमा रहेको कनकाई नगरपालिकाको छुट्टै पहिचान रहेको छ । साविक सुरुङ्गा र घैलाडुब्बा गाविस मिलेर बनेको कुल नौ वटा वडा रहेको कनकाई हरेक पक्षमा देश–विदेशसम्म चर्चा कमाएको नगर बन्द निषेधित, धार्मिक एवम् पर्यटकीय तथा सांस्कृतिक नगरी, नगरको विकास निर्माण कार्यको चर्चा, कार्य सम्पादनमा अब्बल नगरपालिका, यहाँका जनप्रतिनिधि तथा कर्मचारीले गर्ने कामको विभिन्न स्थानीय तहमा हुने चर्चाले पनि कनकाई नगरपालिकामा अन्य स्थानीय तहका जनप्रतिनिधि अवलोकन भ्रमणको केन्द्र बन्न थालेको अवलोकनमा आउने जनप्रतिनिधिहरुले बताउने गरेका छ्न् ।

पछिल्लो एक वर्षमा मात्रै कनकाईमा एक दर्जनभन्दा बढी विभिन्न स्थानीय तहका जनप्रतिनिधि अवलोकनका लागि आएको तथ्यांकमा उल्लेख छ। यसरी आउने स्थानीय तहका पालिका हरुमा तेह्रथुमको लालीगुराँस, म्याङ्लुङ नगरपालिका जनप्रतिनिधि, ताप्लेजुङको मौवाखोला, सिरिजङ्गा गाउँपालिका, पाँचथरको हिलिहाङ्ग गाउँपालिका, इलामको सूर्योदय नगरपालिका, धनकुटाको सहिदभूमि गाउँपालिका, पाख्रिबास नगरपालिका, उदयपुरको बेलका नगरपालिकासहित पछिल्लो समय मधेस–प्रदेश बाट पनि जनप्रतिनिधि अवलोकन गर्न आउने गरेको पाइएको छ ।

यसैक्रममा आज सोमबार महोत्तरीको एकडारा गाउँपालिकाको टोली कनकाईमा अवलोकनका लागि आएको छ । अध्यक्षको नेतृत्वको टोलीले अवलोकन सहिद विभिन्न विषयमा आर्थिक, सामाजिक तथा भौतिक क्षेत्रमा कनकाई नगरले गरेका कामको बारेमा जानकारी लिनुका साथै आफ्नो पालिकाबाट हुँदै आएको कामको बारेमा समेत जानकारी गराएको थियो ।

एकडारा गाउँपालिकाको अध्ययन अवलोकन भ्रमण टोलीलाई सोमबार कनकाई नगरपालिकामा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत गर्नुभएको थियो । देशका विभिन्न उत्कृष्ट पालिकाहरूको अध्ययन अवलोकन भ्रमणका क्रममा कनकाई नगरपालिकामा आएको उक्त टोलीलाई नगर प्रमुखसहित कर्मचारीको टिमले समेत स्वागत गरेको थियो ।

एकडारा गाउँपालिकाको अध्ययन अवलोकन टोलीमा अध्यक्ष दीपनारायण मण्डल, उपाध्यक्ष महजवी खातुन लगायत अन्य जनप्रतिनिधि र कर्मचारीको समेत सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्खौली घरमा भाडामा रहेको महत्तरीको एकडारा गाउँपालिकामा कुल ६ वटा वडा रहेको अध्यक्ष दीपनारायण मण्डलले जानकारी दिनुभयो ।

२०७३ सालमा स्थापना भएको एकडारा गाउँपालिकाले २४ वर्गकिलोमीटर ओगटेको र २०७८ सालको जनगणना अनुसार ३२ हजार ६० जना जनसंख्या रहेको अध्यक्ष मण्डले जानकारी दिनुभयो । अध्ययन अवलोकन टोली र नगर प्रमुख तथा कर्मचारीबीच भएको संक्षिप्त छलफल कार्यक्रममा आ–आफ्नो स्थानीय तहमा भएका विभिन्न गतिविधि, कामको बारेमा जानकारी सेवा प्रवाहका बारेमा समेत आदानप्रदान भएको थियो ।

कनकाई नगरबाट गाउँपालिकाका जनप्रतिनिधिले अवलोकन भ्रमणमा सिकेका कुरालाई पालना गरी पालिकामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस अघि चीनको जेजिङ्ग प्रान्तबाट आएको उद्योगीको टोलीले समेत कनकाईमा कृषि, पर्यटन तथा उद्योग लगायतका क्षेत्रमा के–के स्थापना गर्न सकिन्छ र यहाँ विशेष गरी कृषिमा चिया खेती, चियाका लागि उद्योगको स्थापना कसरी गर्न सकिन्छ साथै पर्या–पर्यटनको क्षेत्रमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो ।

चिनियाँ उद्योगपति छाङ्यी नेतृत्वको टोलीले झापाको कनकाई र इलामको सूर्योदय नगरपालिकामा यस्ता परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको आग्रहमा स्थलगत परियोजना सम्भाव्यता अध्यनका लागि कनकाई आएको चिनियाँ उद्योगपति छाङ्यीले बताउनुभएको थियो ।

The post जनप्रतिनिधिको अवलोकन भ्रमणका लागि पहिलो रोजाई बन्दै कनकाई appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register